LISTEN LIVE RADIO

लालमटिया महोत्सवमा आज लोक दोहोरी च्याम्पियनका विजेता प्रकाश पराजुली आउँदै



लालमटिया महोत्सवमा आज लोक दोहोरी च्याम्पियनका विजेता प्रकाश पराजुली आउँदै

भालुवाङ १५ चैत  । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाको टुडीखेल मैदानमा सञ्चालित राप्ती  चौथो व्यापारीक, पर्यटन तथा कृषि महोत्सवमा बुधबार आज नेपाल टेलिभिजनबाट प्रसारित लोक दोहोरी च्याम्पियनका विजेता प्रकाश पराजुली आउन लागेका छन् ।

कृषि पर्यटन तथा कला संस्कृतिको पहिचान, राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ को शान भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङमा गत चैत ११ गते बाट सुरू भएको महोत्सवमा पराजुली सँगै महोत्सवको आज छैठौं दिन लोक दोहोरी गायक राजेश भण्डारी, गायिका आरती रुचाल र गायिका तथा उद्घोषक शर्मिला अर्यालका साथै न्यु डान्स त्रियशन र वेष्ट डान्स त्रु का कलाकार र स्थानीय कलाकारहरूले पनि भरपुर्ण मनोरञ्जन दिने महोत्सव व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे