महामारीका कारण पाल्पाली ढाकाको व्यापारमा मन्दी



महामारीका कारण पाल्पाली ढाकाको व्यापारमा मन्दी

पाल्पा १ मंसिर ।  पाल्पाली ढाकाका पसल यस वर्ष सुनसानप्रायः छन् । थोक बिक्री भए पनि खुद्रा बिक्रीमा २५ प्रतिशत पनि व्यापार भएको छैन । तिहारमा भाइटीका लगाएर ढाकाका सामान उपहार दिने चलन भए पनि यस वर्ष महामारीले व्यापारमा कमि आएको हो ।

भाइटीका लगाएपछि पाल्पा र आसपासका क्षेत्रमा ढाकाका सामग्री उपहार दिने चलन छ । यसवर्ष उत्पादन गरेका ढाकाका सामान बिक्री हुन सकेको छैन । कोरोना भाइरसको महामारीका कारण बजारमा ढाकाटोपी र ढाकाका सामाग्री किन्नेको संख्या निकै कम छ ।

तिहारमा ढाकाको चोली, पछ्यौरी, टोपी लगायतका सामग्री उपहार दिने चलन छ । अघिल्ला वर्षमा यही समयमा थोक तथा खुद्रा बिक्री गर्दा व्यापारीलाई फुर्सदै हुँदैनथ्यो । महामारीकै कारण व्यवसाय चौपट भएको उद्योगीहरु बताउँछन् ।

पाल्पाली ढाकाका सामग्रीले देशका विभिन्न क्षेत्रमा बजार बिस्तार गरिसकेको छ । कतिपय व्यापारीले तेस्रो मुलुकमासमेत निर्यात गर्छन् । महामारीकै कारण ६ महिना यता पाल्पाली ढाकाले बजार पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे