पत्रकार महासंघ प्यूठानमा सञ्जय रिजाल नेतृत्वको समुह विजयी



पत्रकार महासंघ प्यूठानमा सञ्जय रिजाल नेतृत्वको समुह विजयी

प्यूठान २५ चैत्र । नेपाल पत्रकार महासंघ प्यूठानको निर्वाचनमा सञ्जय रिजाल नेतृत्वको समुह विजयी भएको छ । रिजाल यसअघि नै अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा यादव पौडेल ८०, महिला उपाध्यक्षमा राधिका भुसाल ९०, सचिव प्रकाश वैद्य ७७, सहसचिव रमेश गिरी निर्विरोध, समावेशी सहसचिव रामबहादुर विश्वकर्मा र समावेशी सदस्यमा प्यार अलि खान निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरि, खुल्ला सदस्यमा शशिधर भण्डारी ८९, बाबुराम उपाध्याय ८९, नेत्र बहादुर कुँवर ७५, पशुपति न्यौपाने ६६, शम्शेर विक्रम जिसी ७५, बिमल प्रसाद पोख्रेल ७८ विजयी भएका छन्। महिला सदस्य नर्मदा भट्ट ६७, सदस्य आदिवासी जनजाती तर्फ लिलाधर पुन ७१, सदस्य दलित तर्फ लोकेन्द्र सुनार ९५ विजयी भएका छन् ।

राष्ट्रिय परिषद सदस्यमा तुफान अधिकारी १००, महावीर राना ९८, श्रीराम भण्डारी ७८ विजयी भएका छन्। प्रदेश परिषद सदस्यमा अग्निधर चन्द बोहोरा ८३, नेत्र प्रसाद खनाल ८३ , पदम बहादुर केसी ७५, मधुसुदन भण्डारी ८५, चक्र बहादुर केसी ९४ र जोगिन्द्र मल्ल ९० विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे