लमहीमा प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई भब्य स्वागत, रोकिएका कामकाज शुरु



लमहीमा प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई भब्य स्वागत, रोकिएका कामकाज शुरु

लमही २५ चैत्र । सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई लमही नगरपालिकाले स्वागत गरेको छ । नगरपालिकाले बुधवार एक कार्यक्रमको आयोजना गरि अधिकृत डाँगीलाई नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र नगरपालिकाका कर्मचारीहरुले भब्य स्वागत गरेको नगरपालिकाले जनाएको छ ।

डाँगी यस अघि पनि लमही नगरपालिका मै थिए, सरुवा भएर कपिलबस्तु हुँदै रुपन्देही जिल्लाको बाणगङ्गा नगरपालिकामा कार्यरत थिए ।नगरपालिकामा आउने कार्यालय प्रमुखहरु दुई चार महिना बस्ने अनि सरुवा भएर जाने गर्दा पनि नगरको कामकाज रोकिएको थियो अब डाँगी लमही नगरपालिकामा आए संगै अब रोकिएका कामकाजले तिब्रता पाउने आशा राखेको नगर प्रमुख कुल बहादुर केसीले बताए ।प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई स्वागत गर्न वडा नम्बर २ का वडा अध्यक्ष नेपालु चौधरी, ४ का सुबाश न्यौपाने, ५ का बिम बहादुर केसी, ६ का गणेशमान चौधरी लगायत नगरपालिका पुगेका थिए ।

स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत डाँगीले यो समयमा हुनु पर्ने जति काम हुन् नसक्नु दुखको कुरा भएको बताए । नगरपालिकाबाट प्रदान गरिने सेवालाई पहिलो प्राथमिकता दिने गरि अघि बढ्ने प्रतिबद्घता व्यक्त गरे । कार्यालयबाट जनतालाई प्रदान गरिने सेवा बाट गुनासो नआउने गरि कामकाज गर्न पनि आफु मातहतमा रहेका कर्मचारीलाई निर्देशन दिएका छन ।त्यस्तै बजार व्यवस्थापन, ट्राफिक व्यवस्थापन जस्ता कुरालाई मध्यनजर गरेर कार्यान्वयन गर्ने डाँगीले बताए । काम गर्ने क्रममा कहिँ कतै झिनामसिना कमीकमजोरी हुनु स्वाभाविक हो त्यसलाई सच्च्याएर अघि बढ्ने डाँगीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे