दाङमा एक व्यक्ति मृत फेला



दाङमा एक व्यक्ति मृत फेला

दाङ १६ चैत्र । दाङमा एक जना मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर १ को सिसाखानी सामुदायिक वनको जंगलमा एकजना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
खोलामा जुलको टिप्न गएका स्थानीय महिलाले मृत अवस्थामा शवदेखेपछि प्रहरीलाई खबर गरेका थिए । अन्दाजी ५०÷५५ बर्ष उमेरको जस्तो देखिने मृतकको नाम र ठेगाना खुल्न नसकेको ईलाका प्रहरी कार्यालय तुसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो । शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा राखिएको छ । शवको प्रकृति हेर्दा एक हप्ता अघिको घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे