दाङ सहितका तराई-मधेसमा आज हर्षोलासपूर्वक होली पर्व मनाइँदै
काठमाडौं १६ चैत्र । रंगहरूको पर्व फागु (होली) दाङ सहितका तराई-मधेसमा आज हर्षोलासपूर्वक होली पर्व मनाइँदै मनाइँदै छ । पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाउन लागिएको हो ।
होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ । होलीमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्