बाल जनता माबि बनगाँउले दुई थान माटो परिक्षण गर्ने मेसिन पायो



बाल जनता माबि बनगाँउले दुई थान माटो परिक्षण गर्ने मेसिन पायो

लमही १५ चैत्र । लमही नगरपालिका वडा नम्बर ३ मा रहेको बाल जनता माबि बनगाँउले दुई थान माटो परिक्षण गर्ने मेसिन पाएको छ । आइतवार एक समारोहका बिच सो मेसिन हस्तान्तरण पनि गरिएको छ ।

माटो तथा मल परिक्षण प्रयोगशाला बाँके खजुराले उक्त मेसिन उपलब्ध गराएको हो । भुमि ब्यबस्था तथा सहकारी मन्त्रालय बुटवलका बिषय बिषेशज्ञ इन्द्रबहादुर ओलीले विद्यालयका प्रअ कृष्ण केसीलाई सो मेसिन हस्तान्तरण गरेका हुन् । मेसिन प्राप्त गरेपछि खुसि व्यक्त गर्दै सहयोग गर्ने निकायलाई विद्यालयका प्रअ केसीले विशेष धन्यवाद दिएका हुन् ।

विद्यालयको बगर सहित कुल ३७ बिगहा १० कट्ठा जग्गा रहेको छ । भने जसमा खोतीयोग्य जमिन २ बिगहा मात्रै रहेको जनाएको छ । विद्यालयको खेतीयोग्य जमिन प्रायाप्त मात्रामा रहेकाले सो मेसिनले सहयोगीको भुमिका निर्बाह गर्ने बताइएको छ । कार्यक्रमको संचालन शिक्षक बिक्रम पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे