दाङमा आफ्नै साथीले चलाएको बन्दुकको गोली लागी  एक जनाको मृत्यु



दाङमा आफ्नै साथीले चलाएको बन्दुकको गोली लागी  एक जनाको मृत्यु

घोराही १४ चैत्र । दाङमा आफ्नै साथीले चलाएको बन्दुकको गोली लागी  एक जनाको ज्यान गएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १३ कलमघारी वनमा बँदेल मार्न भन्दै गएका सोही ठाउँका टेकबहादुर गुरुङको साथीले चलाएको गोली लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नावय उपरीक्षक मुकुन्दप्रसाद रिजालले बत्ताए। उनका अनुसार गएराति घटना भएको हो ।

‘३ जना बँदेलको सिकार खेल्न गएका रहेछन्, बँदेल भनेर गोली चलाउँदा साथीलाई हानेको जस्तो देखिन्छ’, उनले भने । उक्त घटनामा संलग्न भएको अभियोगमा २ जनालाई नियन्यण लिई सकिएको प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिए । अहिले घटना स्थलमा प्रहरी पुगिसकेको छ । घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको उनले बताए । जंगल क्षेत्रमा बस्ती भएको त्यहाँ उत्पादन हुने कृषि बाली खान बँदेल आउने हुँदा पनि उनीहरु बँदेलको सिकार गर्न गएको हुन सक्ने वडा नम्बर १२ का वडा अध्यक्ष राजेन्द्र बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे