गरिव विपन्न परिवारलाई घरमै पुगेर नगद १० हजार सहयोग



गरिव विपन्न परिवारलाई घरमै पुगेर नगद १० हजार सहयोग
लमही ११ चैत्र । लमही नगरपालिका–२ केरुनिया निवासी माया चौधरीलाई नगद १० हजार सहयोग प्रदान गरिएको छ । लमही नगरपालिका वडा नम्बर २ का सामाजिक अभियान्ता चिरञ्जीवी आचार्यको पहलमा दाङ निवासी हाल अमेरिकामा रहनु भएका होताराम अधिकारीले पठाएको १० हजार रुपैयाँ लुम्बिनी प्रदेश सभा सदस्य  रेवतीरमण शर्माले चौधरीलाई हस्तान्तरण गरेका छन्।
रेवतीप्रसाद चौधरी, ओमप्रकाश चौधरी, भोला चौधरीको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको हो । माया चौधरीका तीन सन्तान हुन । दुई छोराले पढ्दा पढ्दै विचमै पढाई छाडेर मजदुरीमा लागेका छन् भने, छोरीले अहिले कक्षा ६ मा पढ्दै छिन् । छोरीको शिक्षाको लागी १० हजार सहयोग प्रदान गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे