राप्ती गाउँपालिका स्तरीय तरूणदलको सभापतिमा : आशिष पाैडेल



राप्ती गाउँपालिका स्तरीय तरूणदलको सभापतिमा : आशिष पाैडेल

भालुवाङ ६ चैत्र । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूणदलको भेला शुक्रबार राप्ती गाउँपालिका ३ मसुरीयामा सम्पन्न भएको छ । भेलाले राप्ती गाउँपालिका स्तरीय तरुण दलको सभापतीमा आशिष पौडेललाई सर्बसहमतीबाट चयन गरेको छ ।

नेपाल तरुणदल दाङ क्षेत्र नम्बर १ देउखुरीले मसुरियामा आयोजना गरेको भेलाले पौडेललाई सभापतीमा चयन गर्ने निर्णय गरेको हो । नेपाल तरुणदल क्षेत्र नम्बर १ का सभापती किरण पौडेलको अध्यक्षता एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरेको प्रमुख आतिथ्यता तथा पुर्व जिल्ला सभापती बिरकेश्वरी गौतमको विशिष्ट आतिथ्यमा भएको भेलाले पालिका स्तरिय तरुण दल बिस्तार गर्ने निर्णय गरेको हो ।

साथै यही चैत्र महिना भित्रै पालिका स्तरिय तरुणदल गठन र वडा कमिटी गठन गरिने भएको छ । गठन प्रक्रियामा सभापती आशिष पौडेलले महत्वपुर्ण जिम्बेवारी निर्बाह गर्नेछन् ।

भेलामा महासमिति सदस्यहरु सुशिला चौधरी, जानकिलाल बस्नेत, प्रदिपराज शर्मा, कांग्रेस क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेय, तरुणदल जिल्ला सभापती टीका घर्ती, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, अनुपकुमार थापा, तारा डिसी, किरण किशोर घिमिरे, दुर्योधन पाण्डे लगायतका नेताहरुको सहभागी थियो । संगठनलाई मजबुद बनाउन पालिका स्तरिय बृहत् भेला गराई तरुणदल बिस्तार गर्न लागिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे