सर्वोच्चद्वारा ऋषि कट्टेलको नेकपालाई मान्यता, ओली–प्रचण्ड नेतृत्वको नेकपाको आधिकारिकता गुम्यो
काठमाण्डाै २३ फागुन । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता खारेज गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएको छ । निर्वाचन आयोगले त्रुटिपूर्ण निर्णय गर्दै ओली–प्रचण्ड समूहको नेकपालाई आधिकारिकता दिएको भन्दै सर्वोच्चले ऋषि कट्टेल अध्यक्ष रहेको नेकपालाई आधिकारिकता दिएको हो ।
न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले निर्वाचन आयोगले बदनियतपूर्ण निर्णय गरेको भन्दै ओली–प्रचण्डले नेतृत्व गरेको नेकपालाई आधिकारिकता दिन अस्वीकार गरेको हो । सर्वोच्चको यो निर्णयसँगै दुई समूहमा विभाजन भएको ओली–समूहले नेतृत्व गरेको नेकपा थप सङ्कटमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्