फेरि बढ्यो पेट्रोल, डिजल/मट्टीतेलको भाउ
काठमाण्डौ ५ फागुन । नेपाल आयल निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई इन्धनको आन्तरिकतर्फको मूल्य बढाएको छ । मङ्गलबार राति विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजल/मट्टीतेलमा प्रति लिटर दुई रुपैयाँ बढेको जनाएको छ ।
निगमका अनुसार अब पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई इन्धनको आन्तरिकतर्फको मूल्य क्रमशः ११४, ९७ र ६७ रुपैयाँ भएको छ । एक हप्ताअघि मात्रै निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा एलपी ग्यासको मूल्यमा प्रति लिटर प्रति सिलिण्डर क्रमशः दुई र २५ रुपैयाँ बढाएको थियो । निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि २०७१ अनुसार मूल्य समायोजन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्