तुलसीपुरमा पैदलयात्रीलाई मोटरसाइकलले ठक्कर दिंदा एक जना वृद्ध गम्भिर घाइते



तुलसीपुरमा पैदलयात्रीलाई मोटरसाइकलले ठक्कर दिंदा एक जना वृद्ध गम्भिर घाइते

तुलसीपुर
२-फागुन / तुलसीपुरमा पैदलयात्रीलाई मोटरसाइकलले ठक्कर दिंदा एक जना वृद्ध गम्भिर घाइते भएका छन् । आइतबार बिहान साढे ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमकेबाट तुलसीपुर तर्फ आउँदै गरेको रा ५ प ७६१७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक जना वृद्ध गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमके निवासी ७१ वर्षिय भक्त बहादुर विक घाइते भएका छन् । उनको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको अस्पतालले जनाएको छ । घाइते वृद्धलाई टाउँकोमा गहिरो चोट लागेको छ । साथै मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट बाघरले नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे