चन्द नेतृत्वको नेकपासहित चार दलद्वारा संयुक्त मोर्चा घोषणा



चन्द नेतृत्वको नेकपासहित चार दलद्वारा संयुक्त मोर्चा घोषणा

काठमाडौं २९ माघ । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले बिहीबार संयुक्त बैठक गरी संघर्षका कार्यक्रमहरुको घोषणा गरेका छन् ।

चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी भएको हो ।

चार पार्टीबीचको संयुक्त मोर्चाको उद्देश्य ’दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र राज्यसत्ताको अन्त्य गरी जनगणतन्त्ररवैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न’ रहेको मोर्चाले विज्ञप्तिमार्फत जनाएको छ ।

रणनैतिक संयुक्त मोर्चा निमार्ण गर्ने पूर्वसहमतिलाई व्यवहारिक रुप दिन उनीहरुले रणनैतिक संयुक्त मोर्चाको अवधारणा र संरचना सम्बन्धी दस्ताबेज पारित गर्दै १५ सदस्यीय रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समिति गठन गरेका छन् । केन्द्रिय समितिमा सिपी गजुरेल, ऋषिराम कट्टेल, जागृत रायमाझी, धनकुमारी सुनार लगायत १२ जनाको नाम सार्वजनिक गरिएको छ ।

मोर्चाले पहिलो चरणको संघर्षका कार्यक्रमहरु तय समेत गरेको छ । फागुन ६ गते बुटवलमा, १४ मा धनगढी र १८ मा इटहरीमा जनसभा गर्ने र पहिलो चरणका कार्यक्रमपछि दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गर्ने मोर्चाले विज्ञप्तिमार्फत् जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे