दाङकाे सुकवारमा शिवलक्ष्मीद्वारा सत्यनारायणकाे पुजा कार्यक्रम सम्पन्न



दाङकाे सुकवारमा शिवलक्ष्मीद्वारा सत्यनारायणकाे पुजा कार्यक्रम सम्पन्न

दाङ २८ माघ । दाङकाे घाेराही उप-महानगरपालिका-७ सुकवारमा शिवलक्ष्मी चाैधरीद्वारा सत्यनारायणकाे पुजा कार्यक्रम मंगलबार सम्पन्न भएकाे छ । सत्यनारायण पुजाकाे शिवसवरी धामकी गुरु शिवलक्ष्मी चाैधरीले गरेकी थिइन् । नेपालमा पहिलाे पटक महिला गुरूबाट दाङकाे सुकवारमा सत्यनारायणकाे पुजा गरिएकाे हाे ।

धामका चेला घाेराही उप-महानगरपालिका-७ शुक्रबार निवासी पृथ्वीपाल चाैधरी र रामकुमारी चाैधरीकाे आयाेजनामा उक्त गाउँमा पहिलाे पटक सत्यनारायणकाे पुजा गरिएकाे हाे ।

सत्यनारायणकाे पुजा शिवसवरी धामकी गुरु शिवलक्ष्मी चाैधरी, धामका पुजारीहरू सन्ताेष बुढाथाेकी, साेमिया बस्नेत र बसन्ती धामीले गरेका थिए ।

सत्यनारायण पुजा आयाेजक रामकुमारी चाैधरीकाे अध्यक्षता एवम् राष्ट्रिय थारू कलाकार मञ्च दाङका बरिष्ठ उपाध्यक्ष लक्ष्मीमान चाैधरीकाे प्रमुख आतिथ्य तथा शिवसवरी धामकी गुरु शिवलक्ष्मी चाैधरीकाे विशिष्ट आतिथ्यमा सम्पन्न भएकाे हाे ।

शिवसवरी धाम धार्मिक प्रतिष्ठानका उपाध्यक्ष तथा राष्ट्रिय थारू कलाकार मञ्च दाङका सचिव राजेन्द्र चाैधरीकाे स्वागत भजन गीतबाट शुरू भएकाे कार्यक्रममा बाेल्ने बक्ताहरूले पछिल्लाे समय नयाँ पुस्ताहरूमा हराउँदै गएकाे धर्मप्रतिकाे विश्वासलाई यस्ता धार्मिक पुजाआजा कार्यक्रमले धार्मिक आस्था विश्वास बढाउने बताएका थिए ।
उनीहरूले पछिल्लो समय दाङ-प्यूठान सहित देशैभर शिवसवरी धाम प्रतिकाे आस्था, विश्वास र शक्तिमा विश्वास बढ्दै गएकाेले धामकाे आवश्यक प्रचारप्रसार तथा भाैतिक विकासमा राज्यकाे ध्यान जानुपर्ने बताएका थिए ।
पुजा पछि आयाेजित कार्यक्रममा रेडियाे राप्ती एफएम तथा राप्ती टेलिभिजनका निमित्त समाचार प्रमुख सन्ताेषकुमार गुप्ता, शिवसवरी धाम धार्मिक प्रतिष्ठानकी महासचिव धना चाैधरी र धामका सचिव कमल चाैधरी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सुकवार गाउँका स्थानीय समाजसेवी डुठीराम चाैधरीले धन्यबाद ज्ञापन गरेकाे कार्यक्रमकाे सञ्चालन राष्ट्रिय थारू कलाकार मञ्च दाङका अध्यक्ष सालिकराम चाैधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे