होटेल व्यवसाय महासंघ लुम्बिनी प्रदेशको भोली भालुवाङमा बृहत्त कार्यक्रम हुँदै



होटेल व्यवसाय महासंघ लुम्बिनी प्रदेशको भोली भालुवाङमा बृहत्त कार्यक्रम हुँदै

सन्तोषकुमार गुप्ता, भालुवाङ २३ माघ ।

होटेल व्यवसाय महासंघ लुम्बिनी प्रदेश स्तरिय परिचयात्मक कार्यक्रम तथा बिस्तारित छैठौँ बैठक भोली (शनिबार) देउखुरीको भालुवाङ हुने भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका अन्तर्गत दाङ देउखुरीको भालुवाङमा पहिलो होटेल व्यवसाय महासंघको बृहत्त कार्यक्रम हुन लागेको हो ।

भालुवाङ होटेल व्यवसाय समितीको आयोजनामा शनिबार बिहान ११ बजे राप्ती उद्योग बाणिज्य संघ भालुवाङको सभाहलमा बृहत्त परिचयात्मक छलफल तथा बिस्तारित बैठक हुन लागेको भालुवाङ होटेल व्यवसाय समितीका अध्यक्ष महेश बेल्बासे जानकारी दिनु भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशको स्थायी राजधानी व्यवस्थापनमा होटेल व्यवसायको भूमिका र वर्तमान अवस्थामा होटेल व्यवसायको अवस्था लगायतका बिषयमा गम्भीर छलफल हुने आयोजक समितीका अध्यक्ष बेल्बासेले जानकारी दिए ।

कार्यक्रममा होटेल व्यवसाय महासंघका केन्द्रिय संस्थापक अध्यक्ष माधव नेपाल, होटेल व्यवसाय महासंघ लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष भाष्कर काफ्ले लगायत प्रदेश कमिटीका पद्धाधिकारी, सदस्यहरु र सल्लाहकार लगायतको उपस्थिीत रहने समितीका अध्यक्ष बेल्बासेले जानकारी दिएका छन् ।

यसैबीच शनिबार हुने बृहत्त कार्यक्रमको सम्पूर्ण तयारी समेत पुरा भएको आयोजक भालुवाङ होटेल व्यवसाय समितीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे