देउखुरीको करङ्गेकोट र चित्रीकोटमा एक करोड बढीको लागतमा एक घर एक धारा बन्दै



देउखुरीको करङ्गेकोट र चित्रीकोटमा एक करोड बढीको लागतमा एक घर एक धारा बन्दै

तुलबहादुर कंवर मगर , सिसहनियाँ १३ माघ ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ को विकट पहाडी गाउँ करङ्गेकोट र चित्रीकोटमा कादुरी संस्थाले एक घर एक धारा जडान गरी दिने भएको छ । संस्थाले करिव २ सय ७५ मिटर तलबाट सोलार पम्पीङ मार्फत घर घरमा खानेपानी पुर्‍याउन लागेको हो । कादुरी एग्रीकल्चर एशोसियसन ब्रिटिस गोर्खाज नेपाल पोखराको आर्थिक सहयोग तथा प्राविधिक सहयोगमा आयोजनाको निर्माण कार्यको थालनी गरिएको छ । आयोजना सम्पन्न भएपछि यस क्षेत्रको वर्षौ देखिको खानेपानीको चरम समस्या समाधान सँगै १ सय २३ घरधुरीका करिव ७ सय ५६ जनसख्या प्रत्येक्ष लाभन्धित हुने भएका छन् ।

कादुरी संस्थाको १ करोड ३० लाख ३५ हजार १ सय ९२ रुपैयाँ १५ पैसा र स्थानीय उपभोक्ताहरुको २७ लाख १७ हजार ७ सय १० रुपैयाँ बराबरको श्रमदान गरी कुल १ करोड ५७ लाख ५२ हजार ९ सय २ रुपैयाँ १५ पैसाको लागतमा आयोजनाको निमाणर् कार्य सम्पन्न हुने करङ्गेकोट चित्रीकोट सोलार पम्प खानेपानी योजनाका अध्यक्ष चित्तबहादुर थापामगरले जानकारी दिएका छन् ।

उक्त आयोजनामा १ इन्टेक, एक कलेक्सन च्याम्बर रिजम्र्वायर टैंक कलेक्सन टंकी मार्फत खानेपानी वितरण गरिने भएको छ । आयोजनामा १ सय २३ धारामा मिटर जडान गरिने छ भने अन्य सार्वजनिक धारामा मिटर जडान नगरिने अध्यक्ष थापाले बताएका छन् । आयोजनाको कार्य २०७७ मंसिर ८ गते देखि सुरु भई २०७७ चैत्र २४ गते सम्म गर्ने लक्षय सहित तिव्र गतिमा काम भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे