दाङकाे हनरियामा शिवलक्ष्मीद्वारा सत्यनारायणकाे पुजा कार्यक्रम सम्पन्न



दाङकाे हनरियामा शिवलक्ष्मीद्वारा सत्यनारायणकाे पुजा कार्यक्रम सम्पन्न

दाङ १२ माघ । दाङकाे घाेराही उप-महानगरपालिका-७ हनरियामा सत्यनारायणकाे पुजा कार्यक्रम आईतबार सम्पन्न भएकाे छ । सत्यनारायणकाे पुजाकाे शिवसवरी धामकी गुरु शिवलक्ष्मी चाैधरीले गरेकी थिइन् । नेपालमा पहिलाे पटक महिला गुरूबाट दाङकाे हनरियामा सत्यनारायणकाे पुजा गरिएकाे हाे ।
सत्यनारायण पुजा आयाेजक सुमित्रा चाैधरीकाे अध्यक्षता एवम् चर्चित थारू कलाकार तथा बरिष्ठ सञ्चारकर्मी लक्ष्मीमान चाैधरीकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा बाेल्ने बक्ताहरूले पछिल्लाे समय नयाँ पुस्ताहरूमा हराउँदै गएकाे धर्मप्रतिकाे विश्वासलाई यस्ता धार्मिक पुजाआजा कार्यक्रमले धार्मिक आस्था विश्वास बढाउने बताएका थिए ।
उनीहरूले पछिल्लो समय दाङ सहित देशैभर शिवसवरी धाम प्रतिकाे आस्था, विश्वास र शक्तिमा विश्वास बढ्दै गएकाेले धामकाे आवश्यक प्रचारप्रसार तथा भाैतिक विकासमा राज्यकाे ध्यान जानुपर्ने बताएका थिए ।
स्थानीय किरिमलाल चाैधरीकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रममा शिवसवरी धामकी गुरू शिवलक्ष्मी चाैधरी, चर्चित थारू कलाकार सालिकराम चाैधरी, स्थानीय समाजसेवी कमल चाैधरी, रेडियाे राप्ती एफएम राती टेलिभिजनका समाचार निमित्त समाचार प्रमुख सन्ताेषकुमार गुप्ता, रेडियाे मध्यपश्चिमका समाचार बाचक आरएम कुसुमिया, एवान टेलिभिजनका क्यामरामेन बिरू चाैधरी, शिवसवरी धामकी सचिव धना चाैधरी, स्थानीय समाजसेवी सुबास चाैधरी र स्थानीय अर्चना चाैधरी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकाे सञ्चालन थारू कलाकार श्रीनारायण चाैधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे