प्रधानमन्त्री ओली देउखुरी आउने भएपछि प्रचण्ड–नेपाल समुहद्धारा बराखुट्टीमा मसाल जुलुस



प्रधानमन्त्री ओली देउखुरी आउने भएपछि प्रचण्ड–नेपाल समुहद्धारा बराखुट्टीमा मसाल जुलुस

ओमप्रकाश गुप्ता, भालुवाङ ११ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओली भोली दाङको देउखुरी आउने भएपछि नेकपा प्रचण्ड–माधव समूहले बराखुट्टीमा मसाल जुलुस निकालेको छ । सो समुहका युवा नेता श्यामेस चौधरीको नेतृत्वमा करिव ६०÷६५ जनाको समुहले आज बेलुका ७ बजे राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीचोक देखि पव्लिक स्कुल लालमटिया सम्म मसाल जुलुस निकालेको हो ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको सिसहनियाँ महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन र राप्ती गाउँपालिका २ लालमटीयामा बृहत आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली देउखुरी आउने भएपछि सो समुहले विरोध स्वरुप केपी ओली मुर्दावाद, नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद जस्ता चर्को नारा सहित मसाल जुलुस निकालेको थियो ।

यता प्रधानमन्त्री वलीको विरोध गरेको भन्दै प्रर्दशनकारी माथि इलाका प्रहरी कार्यालय भालुवाङको प्रहरी टोलीले हस्तक्षेप गरेको प्रचण्ड नेपाल समुहका युवा नेता श्यामेस चौधरीले बताएका छन् । आफुहरुले शान्तिपुर्ण तरिकाले विरोध गरिरहँदा प्रहरीले हस्तक्षेप गरेको उनले आरोप लगाएका छन् । यसै बिच सो समुहले भोली ओलीको कार्यक्रम बिथोल्ने गरी कडा विरोधको कार्यक्रम र संसक्तरुपमा प्रतिकार गर्ने सो समुहले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे