कुलपानी सावउसले आफ्नाे स्थापना दिवसमा विद्यार्थी, किसान र युवाहरूका लागि नगद सहयाेग प्रदान
देउखुरी २८ असार । दाङ-देउखुरीकाे गढवा गाउँपालिका-१, स्थित कुलपानी सामुदायिक वन उपभोक्ता समूह बड्हराले आफ्नाे ३१ औँ स्थापना दिवसकाे अवसरमा विद्यार्थी, किसान र युवाहरूका लागि नगद सहयाेग प्रदान गरेकाे छ । समूहले आफ्नाे कार्यक्षेत्र भित्रका विद्यार्थीकाे अतिरिक्त बाफतकाे शुल्क, किसानहरूकाे लागि सिचाई शुल्क र युवाहरूका लागि खेलकुद सामाग्रीका लागि नगद सहयाेग प्रदान गरेकाे हाे ।

समूहका अध्यक्ष नबराज शर्माकाे अध्यक्षता सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङका अध्यक्ष हरिप्रसाद भुसालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा समूहले बडहरामा रहेकाे आदर्श प्राथामिक विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीहरूकाे अतिरिक्त शुल्क बाफतकाे नगद १ लाख ७५ हजार, सिचाई बाफत शुल्क तिर्न नसक्ने किसानहरूका लागि प्रत्रिङ्गा कुलाेपानी समितीलाई ९० हजार, बडहरा कुलाेपानी समितीलाई ९० हजार र खेलकुद समितीका लागि ३ वटा फुटवल सहित नगद ५० हजारकाे चेक प्रदान गरेकाे छ ।

समूहका उपाध्यक्ष राकेश शर्माकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङका सदस्यहरू चन्द्र पुरी, बिष्णुमाया घिमिरे बसेल, समूहका सल्लाहकार लालमणि गिरी, आदर्श प्राविकी शिक्षिका देबा बस्याल लगायतका बक्ताले बाेलेका थिए । कार्यक्रमकाे सञ्चालन समूहका सचिव दिलबसी बिकले गरेकी थिइन् ।



