एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर र सचेतकमा लामिछाने नियुक्त



एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर र सचेतकमा लामिछाने नियुक्त

भालुवाङ २५ जेठ । नेकपा एमाले लुम्बिनी प्रदेश सभाको प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर र सचेतकमा कपिलबस्तुका नवराज लामिछाने नियुक्त भएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमाले लुम्बिनी प्रदेश सभाको विधान अनुसार प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर र सचेतकमा कपिलबस्तुका नवराज लामिछानेलाई नियुक्त गरेका हुन् । दुवै जनालाई २०८३ जेठ २५ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको छ । यस अघि प्रमुख सचेतक रहेका रुपन्देहीका तुलसीप्रसाद चौधरी र सचेतकमा यमुना रोका मगर थिए । चौधरीले सोमबार नै कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्रीको सपथ ग्रहण गरेका छन् । त्यस्तै सचेतक रहेकी रोका मगर प्रमुख सचेतकमा नियुक्त भएपछि रिक्त रहेको सचेतक पदमा लामिछानेलाई नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे