आज पनि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै (यस्ताे छ, कार्यसुची)
देउखुरी २५ चैत । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत आठौं बैठक आज बस्दैछ । प्रदेश सभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आ–आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा विशेष समयमा हालसम्म उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम तय गरिएको छ । यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले समितिको वार्षिक प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची पनि रहेको सचिवालयले जानकारी दिएको छ । गत चैत २२ गतेबाट सुरु भएको प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गतका बैठकहरु निरन्तर रुपमा सञ्चालन हुँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्
