सर्वहित सहकारीको सदस्य घरदैलो अभियान : संस्थागत जानकारी र सुझाव संकलन



सर्वहित सहकारीको सदस्य घरदैलो अभियान : संस्थागत जानकारी र सुझाव संकलन

भालुवाङ २० चैत । ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर दाङको राप्ती गाउँपालिका–४ मौरीघाट श्रीनारायणचोकमा रहेको सर्वहित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्य भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम अन्तरगत संस्थाले आफ्ना गतिविधिहरूबारे सदस्यहरूबाट सुझाव संकलन गर्नुका साथै सदस्यता विस्तार अभियानलाई तीव्र बनाएको छ । दिवसकै दिन मात्रै २७ जना नयाँ सदस्य थपिएको संस्थाका व्यवस्थापक शिशिर चौधरीले जानकारी दिए । संस्थाले राप्ती गाउँपालिकाका विभिन्न वडा तथा टोलहरूमा पुगेर सदस्य भेटघाट कार्यक्रम सञ्चालन गरेको थियो। वडा नम्बर १ को बाउनीपाटा, शान्तिपुर, स्यानीघोष, बगासोती, खर्क, वडा नम्बर ३ को भानपुर, बसन्तपुर, नयाँबस्ती, पैसठ्ठी नम्बर, वडा नम्बर ४ को खिनैटा, जनकपुर, मौरीघाट, नयाँगाउँ, पिपरखुट्टी, मझनीगढ, वडा नम्बर ५ को पहरुवा, वडा नम्बर ६ को सगरापुर, बगरापुर, पत्थरगढवा, भगवानपुर, मझेरिया, वडा नम्बर ८ को पिपरी, पिपरा तथा वडा नम्बर ९ को देवीकोट र रुपाकोट लगायतका क्षेत्रमा कार्यक्रम गरिएको थियो ।

सहकारीले समुदायमै पुगेर सदस्यसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै सुझाव संकलन र विश्वास विस्तार गर्ने प्रयास गरेको जनाएको छ । यस्तो कार्यक्रमले संस्थाको सेवा प्रभावकारिता बढाउन तथा सदस्य सहभागिता सुदृढ गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे