भालुवाङ प्रहरीकाे कडा एक्सन : २४ घण्टा नबित्दै हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ
भालुवाङ २१ चैत । दाङकाे राप्ती गाउँपालिका-४, गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् ।
घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे । हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले दाङकाे बंगलाचुली गाउँपालिका–८ घर भई हाल राप्ती–४ श्रीनारायण चोक बस्ने बर्ष २० का संदिप वली, राप्ती–४ मौरिघाटका करिब १८ वर्षीय निश्चल चौधरी र राप्ती गाउँपालिकाकै वर्ष १८ की आकृति बुढालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रबक्ता तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए । प्रहरीले घटना भएकाे थाहा पाए लगत्तै प्रहरी निरीक्षक ऐरीकाे टाेलीले रातभर नै घटनास्थल सहितका ठाउँमा अनुसन्धान गरि बिहान ४ बजे मात्र पक्राउ परेका तीनकाे प्रमाण सहित पुष्टि गरेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले घटनास्थलबाट चक्कु, ढुंगा, बाँसको टुक्रा, प्लास्टिकको डोरी, चस्मा, टावेलका टुक्रा र चार वटा मोबाइल फोन बरामद गरेको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिहिबार राती राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी १६ बर्षिय स्मित प्रधानलाई हत्या गरी वडा नं. ४ गोपीनालाकाे दाेलाईखाेला नजिक नालामा फालेको अवस्थामा शब फेला परेको थियाे । उक्त घटना बारे प्रहरीलाई बिहिबार दिउँसो करिब १२ बजे खबर पुगेको थियो । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरेकाे थियाे । मृतक प्रधानको शरिरमा धारिलाे हतियार प्रयाेग गरि हत्या गरेकाे हुन सक्ने बताईएकाे छ । यस्तै एक किशाेर घाईते अवस्थामा भेटिएका थिए ।
मृतक प्रधान संगै गएका सोही ठाउँ निवासी बर्ष १६ का आयुषमान थापा घाइते भएको र उनको प्रारम्भिक उपचार राप्ति आधारभूत अस्पताल, सिसहनियामा गरी थप उपचारका लागि भैरहवा मेडिकल कलेज, रुपन्देही लगिएको छ । थापा खतरामुक्त रहेकाे प्रहरीले जनाएकाे छ । आयुशमान थापा मगरलाई देबीसरा गाहा र स्वस्तिका रानामगर नाम गरेको फेसबुक मेसेन्जर बाट भेट्न आउ भनि बोलाउदा निजहरु बिहिबार राती ८ बजे घरबाट ती युवती भेट्न निस्किएकाे बताईएकाे छ ।
