राप्तीमा एसईई परीक्षाको पहिलो दिन शान्तिपूर्ण : ३ वटा परीक्षा केन्द्रबाट ८७७ जना विद्यार्थीले परीक्षा दिए



राप्तीमा एसईई परीक्षाको पहिलो दिन शान्तिपूर्ण : ३ वटा परीक्षा केन्द्रबाट ८७७ जना विद्यार्थीले परीक्षा दिए

भालुवाङ १९ चैत । माध्यमिक शिक्षा परिषद् एसईईको पहिलो दिनको परीक्षा दाङको राप्ती गाउँपालिकामा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

पहिलो दिन बिहीबार देशभरका प्रशिक्षार्थीहरूले अंग्रेजी विषयको परीक्षा दिएका छन् । राप्ती गाउँपालिकाको ३ वटा परीक्षा केन्द्रबाट कुल ८ सय ७७ जना प्रशिक्षार्थीहरूले परिक्षा दिएका छन् । फारम भरेका कुल ८ सय ८७ प्रशिक्षार्थीहरू मध्ये १० जना प्रशिक्षार्थीहरू अनुपस्थित रहे । भने नियमित तर्फ ८ सय ४२ जना र ग्रेडवृद्वि तर्फ २१ जना प्रशिक्षार्थीहरूले परीक्षा दिएका छन् । जसमा सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँबाट २ सय ८७ जना प्रशिक्षार्थीहरूले परिक्षा दिएका छन् । कुल २ सय ८९ जना प्रशिक्षार्थीहरू मध्ये २ जना प्रशिक्षार्थी अनुपस्थित रहे । नियमित तर्फ २ सय ८६ जना र ग्रेडवृद्वि तर्फ ३ जना प्रशिक्षार्थीहरूले परिक्षा दिएकाे केन्द्र अध्यक्ष विनोद कुमार गुप्ताले जानकारी दिएका छन् ।

त्यस्तै आदर्श नमुना मावि लालमटियाबाट २ सय ८२ जना प्रशिक्षार्थीहरूले परिक्षा दिएका छन् । कुल २ सय ८७ प्रशिक्षार्थीहरू मध्ये ५ जना प्रशिक्षार्थीहरू अनुपस्थित रहे भने नियमित तर्फ २ सय ७३ र ग्रेडवृद्वि तर्फ ९ जना प्रशिक्षार्थीहरूले परिक्षा दिएकाे केन्द्र अध्यक्ष खेतुलाल पाैडेलले जानकारी दिएका छन् । श्री माध्यमिक विद्यालय माैरीघाटबाट ३ सय ८ जना प्रशिक्षार्थीहरू परीक्षा दिएका छन् । कुल ३ सय ११ जना प्रशिक्षार्थीहरू मध्ये ३ जना अनुपस्थित रहे भने नियमित तर्फ २ सय ८३ जना र ग्रेडवृद्वि तर्फ ९ जना प्रशिक्षार्थीहरूले परिक्षा दिएकाे केन्द्र अध्यक्ष पूर्ण क्षेत्रीले जानकारी दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे