भालुवाङ सशस्त्र प्रहरी क्याम्पमा चितुवा पस्यो : उद्धारका लागि वन टोली आउँदै



भालुवाङ सशस्त्र प्रहरी क्याम्पमा चितुवा पस्यो : उद्धारका लागि वन टोली आउँदै

भालुवाङ १९ चैत । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ स्थित सशस्त्र प्रहरी बल नेपाल नं.२९ गण हडक्वाटर ज्वालामाई भालुवाङ क्याम्प भित्र चितुवा प्रवेश गरेको छ ।
आज विहान करिव ६ः३० बजे सशस्त्र प्रहरी क्याम्पको पुर्व, स्वर्गद्धारी टोल बस्ती नजिकै बाघ देखापरेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिए पनि स्रोत साधानको अभावले बाघको उद्धार गर्न नसकेपछि डिभिजन वन कार्यालय लमहीको टोली उद्धारका लागि आउन लागेको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे