दाङ क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार केसीलाई दलहरुको खुला समर्थन : संयुक्त प्रचार अभियान सुरु



दाङ क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार केसीलाई दलहरुको खुला समर्थन : संयुक्त प्रचार अभियान सुरु

लमही ४ फागुन । दाङ निर्वाचन क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवारी दिएका लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले विभिन्न राजनीतिक दलका उम्मेदवारहरुको समर्थन सहित सोमवार देखि चुनावी प्रचार अभियान औपचारिक रुपमा सुरु गरेका छन् ।

सोमबार लमहीमा आयोजित पत्रकार सम्मेलन मार्फत केसीलाई उज्यालो पार्टीको समर्थनमा राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवारी दिएका रञ्जित चौधरी र आम जनता पार्टीबाट उम्मेदवारी दिएका सिताराम यादवले समर्थन घोषणा गरेका हुन् । दुवै उम्मेदवारले केसीसँग संयुक्त रुपमा चुनावी प्रचारप्रसारमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् । “हाम्रो समर्थन पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीलाई रहेको छ । हामी संयुक्त रुपमा प्रचारमा हिँड्छौँ,” चौधरीले भने, “देउखुरीको साझा उम्मेदवारका रुपमा उनलाई समर्थन गरेका हौँ ।” यसै बीच, जनता लोकतान्त्रिक पार्टी, नेपालले पनि केसीको पक्षमा समर्थन जनाएको छ । पार्टीका केन्द्रीय अध्यक्ष अशोककुमार यादव ले विज्ञप्ति जारी गर्दै केसीलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारका आकांक्षी रहेका केसीले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका थिए । सो पार्टीबाट मेटमणि चौधरी उम्मेदवार बनेपछि केसीले विद्रोही उम्मेदवारका रुपमा चुनावी मैदान रोजेका हुन् । हाल केसीको पक्षमा पूर्वमाओवादी पृष्ठभूमिका नेता–कार्यकर्ता खुला रुपमा प्रचारप्रसारमा सक्रिय देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे