शिवसवरी धाम पहरूवामा महाशिवरात्री धार्मिक मेला तथा साँस्कृतिक कार्यक्रम हुने



शिवसवरी धाम पहरूवामा महाशिवरात्री धार्मिक मेला तथा साँस्कृतिक कार्यक्रम हुने

भालुवाङ २७ माघ । दाङ देउखुरीकाे राप्ती गाउँपालिका-५ पहरूवामा अवस्थित शिवसवरी धाम धार्मिक केन्द्र पहरूवामा फागुन २ गते देखि ४ गते सम्म महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएकाे छ ।

गत बर्ष जस्तै यस बर्ष पनि तीन दिन सम्म महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न लागेकाे हाे । धामकाे स्थापनाकाल देखि उक्त धाममा प्रत्येक बर्ष महाशिवरात्रीमा धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएकाे छ । महोत्सवको उद्घाटन फागुन ३ गते बिहान ११ बजे गरिने र सोही दिन बिहान नृत्य प्रतियोगिता र राती ७ बजे देखि राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने छ भने अघिल्लो दिन फागुन २ गते स्थानीय कलाकारहरूको प्रस्तुति रहने प्रचारप्रसार संयोजक ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।

मेला अबधिभर राष्ट्रिय तथा स्थानीय कलाकारकाे बेजाेड प्रस्तुति रहने संस्थाका सचिव तथा सांस्कृितक संयाेजक राजेन्द्र चाैधरीले जानकारी दिए । चाैधरीका अनुसार मेलामा बहुचर्चित गायक कमल बिसी (माइला दाइ) थारू गायकहरू राजेन्द्र चाैधरी, गाैतम चाैधरी, गायक श्रीधर कडेल, उदघोषक अनुप बुढा, दिपक बर्मा, मोडेल तथा डान्सर दानबहादुर चाैधरी, जादुगर रमेश गिरी सहित स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ । मेलामा बच्चाका खेलाैना, विभिन्न गेम आइटमहरू तथा विभिन्न व्यापारिक, पुजा र फलफूलका स्टलहरू समेत रहने कार्यक्रम संयोजक सन्तोष कुमार गुप्ताले जानकारी दिएका छन् । गुप्ताका अनुसार मेला अवलोकन गर्न आउनेले गंगासागरमा डुंगा चढ्न सक्ने, मन्दिरमा पुजापाठ गर्न सकिने छ । मेलामा करिव १५-२० वटा स्टल रहने छ । भने मेलाबाट संकलित रकम धामको संरक्षणमा खर्च गरिने आयोजकले बताएको छ । त्यस्तै मेला अवधिभर तीन दिन धाममा पुजापाठका लागि आउने र सांस्कृतिक कार्यक्रममा सहभागीहरूलाई भण्डाराकाे समेत व्यवस्था गरिएकाे आयाेजकले जनाएकाे छ । यता शिवरात्री पर्व नजिकिए संगै मेला तथा सांस्कृतिक कार्यक्रमकाे तयारी समेत व्यापक बनाईएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे