युवा चेम्बर अफ कमर्सद्धारा मृगौला पिडित परियारलाई आर्थिक सहयोग



युवा चेम्बर अफ कमर्सद्धारा मृगौला पिडित परियारलाई आर्थिक सहयोग

भालुवाङ २० पुस । दाङको राप्ती गाउँपालिकामा रहेको युवा चेम्बर अफ कमर्सले मृगौला पीडितलाई आर्थिक सहयोग गरेकोे छ ।

राप्ती चेम्बर अफ कमर्सको मातहतमा रहेको युवा चेम्बर अफ कमर्सका कोषाध्यक्ष सुनिता परियारका बुवा राप्ती गाउँपालिका–२, बराखुट्टी निवासी ५१ वर्षीय मृगौला पीडित लिलाधर परियारलाई नगद १२ हजार ६ सय ११ रुपैयाँ सहयोग गरेको छ । आर्थिक अभावका कारण थप उपचारमा समस्या भएपछि पीडित परिवारले सहयोगको अपिल गरेपछि युवा चेम्बरले आफ्ना मातहतका व्यापारीहरु सँग आर्थिक संकलन गरि आइतवार पिडितकै घरमा पुगेर नगद रकम हस्तान्तरण गरेको छ । सो रकम राप्ती चेम्बर अफ कमर्सका सचिव गोविन्द बहादुर केसी, प्रेस सल्लाहकार ओमप्रकाश गुप्ता, युवा चेम्बर अफ कमर्सका अध्यक्ष मोतीराम भट्टराई र उपाध्यक्ष पदम परियारले संयुक्त रुपमा पिडितकी छोरी सुनिता परियारलाई सो रकम हस्तान्तरण गरिएको हो ।

दुईवटै मृगौला फेल भएका परियार गत मंसिर २१ गते देखि अस्पातलमा जीवन मरणको दोसाधमा छन् । आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएपछि परियारले ज्यान जोगाईदिन सबैसँग सहयोगको अपिल समेत गरेका छन् । आर्थिक अवस्था निकै दयनिय भएको र उपचार खर्च महङ्गो भएका कारण थप उपचारको लागि आर्थिक सहयोगको अपिल गर्दै आएको छोरी सुनिता परियारले बताइन् । तत्काल डाइलोसिस गर्नुपर्ने छ । त्यसमा पनि दैनिक अस्पताल खर्च ३२ हजार आउँछ, गरिव मान्छे कहाँबाट रकम जुटाउने हो, भएको पैसा पनि सकियो सुनिताले भनिन्, चिकित्सकले उनको नयाँ जीवनका लागि मृगौला प्रत्यारोपण नै गर्नुपर्ने भनी सुल्झाएकाले उनको परिवार अहिले पैसाको खोजीमा भौतारिरहेको छ । स्वास्थ्यमा थप जटिलता आउन नदिन प्रत्यारोपण छिटो गर्न सके राम्रो हुने डाक्टरको सल्लाह बमोजिम पीडितले सहयोगको हारगुहार गरेका हुन् । उपचारमा धेरै रकम लाग्ने भएपछि आर्थिक सहयोग जुटाउन परिवारलाई थप समस्या परेको छ ।

पीडित लिलाधरको उपचारका लागि सहयोग गर्न चाहानेले पिडित लिलाधर परियारको जेठो छोरी सुनिता परियारको नाममा रहेको साइन रेसुङ्गा डेभलपमेन्ट बैंक शाखा लालमटियाको खाता नम्बर ०६४००७००६५२३०८०००००१ वा मोवाइल नम्बर ९७६६२४३०६९ र ९८२९५५१६९२ मा फोन गरेर सहयोग गरिदिन सरकार र भगवानरुपी आम नागरिकहरुसँग आग्रह गरेका छन् । लिलाधरको परिवारमा ११ जना सदस्य छन् । श्रीमान् श्रीमति, छोरा बुहारी, छोरी र बच्चाबच्ची रहेका छन् । यसै बीच घरपरिवारले मृगौला कलेजो पिडित लिलाधर दमाई बचाउ अभियान समेत सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे