संघर्ष समितिद्धारा सरकारी गाडी निषेध कार्यक्रम स्थगित : विराेधका अन्य कार्यक्रम भने जारी रहने
भालुवाङ ७ पुस । धानखोला–लमही दुई लेन सडक परियोजना विरुद्ध संघर्षरत धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष समितिले आज बाट सुरु गरेकाे सरकारी सवारी साधन निषेधको कार्यक्रम हाललाई स्थगित गरेको जनाएको छ।
संघर्ष समितिका संयाेजक प्रकाश शाहीले आइतबार एक विज्ञप्ति जारी गरि आन्दोलन प्रति सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले सवारी निषेध कार्यक्रम घोषणा गरिएको भए पनि वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरिएको उल्लेख गरेका छन् । यद्यपि, यसलाई आन्दोलनको अन्त्य नभई सरकारलाई थप जिम्मेवार र जवाफदेही बनाउन नयाँ र रचनात्मक कार्यक्रमहरू अघि बढाइने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
