अखिल नेपाल युवक संघ दाङको जिल्ला भेला सम्पन्न, आचार्यको नेतृत्वमा नयाँ जिल्ला कमिटी चयन



अखिल नेपाल युवक संघ दाङको जिल्ला भेला सम्पन्न, आचार्यको नेतृत्वमा नयाँ जिल्ला कमिटी चयन

देउखुरी ५ पुस । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ दाङ–देउखुरीको तेस्रो जिल्ला भेलाले बसन्तराज आचार्यको अध्यक्षतामा दुई बैकल्पिक सदस्य सहित १३ सदस्यीय नयाँ जिल्ला कार्य समिती सर्वसम्मत चयन गरेको छ । युबक संघ दाङको आज शनिबार देउखुरीको लमहीमा सम्पन्न भेलाले आचार्यको नेतृत्वमा नयाँ कार्य समिती सर्वसम्मत चयन गरेको हो ।

जसको उपाध्यक्षमा श्रीराम भट्टराई, सचिवमा दिपक केसी, सह–सचिव धुब्र बेल्बासे, कोषाध्यक्ष हिमाल एमसीलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरूमा मेगराज आले, तेजबहादुर चौधरी, राजु थापा क्षेत्री, मात्रृका घिमिरे, गोमा कँवरमगर र सुबास पुन रहेका छन् । त्यसैगरी संघको बैकल्पिक सदस्यमा चेतराम बिक र एक स्थान रिक्त राखिएको छ । भेलाले संघको सल्लाहकारमा लेखराज आचार्य, चेतना बस्नेत, केशबराज आचार्य सुमन घर्तीलाई समेत चयन गरेको छ ।

संघका जिल्ला अध्यक्ष चित्रबहादुर महताराको अध्यक्षता एवम् अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष गणेश अधिकारीको प्रमुख आतिथ्यतामा भएको भेलामा वाईसियल सहित विभिन्न पार्टी निकट युवकहरूले ती संगठन परित्याग गरी अखिल नेपाल युवक संघ दाङमा प्रवेश गरेका छन् । यसरी प्रबेश गर्नेहरूमा कृष्णबहादुर नेपाली, मदन भण्डारी, संदिप केसी, प्रदिप चलाउने, प्रबिन र सुवर्ण राईमाझी रहेका छन् ।

संघ जिल्ला उपाध्यक्ष असोक खनालको स्वागत मन्तब्यबाट शुरू भएको भेलालाई युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल, दाङ जिल्ला उपाध्यक्ष लेखराज आचार्य र प्रगतिशिल पत्रकार संघ नेपाल दाङ जिल्ला अध्यक्ष महेश रिजालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन चन्द्रप्रकाश आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे