यौन तथा प्रजनन् स्वास्थ्यमा नागरिकको पहुँच बढाउन आवश्यक छ : स्वास्थ्य निर्देशक चौधरी



यौन तथा प्रजनन् स्वास्थ्यमा नागरिकको पहुँच बढाउन आवश्यक छ :  स्वास्थ्य निर्देशक चौधरी

भालुवाङ ४ पुस । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीले यौन तथा प्रजनन् स्वास्थ्यमा महिला र किशोरीहरुलाई न्यायमा पहुँच पु¥याउन लुम्बिनी प्रदेश सरकारले पहल गरिरहेको बताउका छन् ।

स्वास्थ्य निर्देशनालयको समन्वयमा बियोण्ड बेइजिङ (बिविसी) परियोजनाले आयोजना गरेको कार्यशालामा निर्देशक चौधरीले यस्तो बताउका हुन् । नीति निर्माण भए पनि कार्यान्वयनमा चुनौती छ यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारी निकायले मात्र एक्लै सक्दैन । स्थानीय सरकार, स्वास्थ्य संस्थाहरु, मानवअधिकारवादी संघसंस्था र सञ्चार माध्यमहरु सबैले सचेतना फैलाउन र कार्यान्वयन गर्न गराउन घच्घच्याउनु आवश्यक छ’– चौधरीले भने । प्रदेश सरकारको तर्फबाट प्रजनन् स्वास्थ्यको पहुँच अभिबृद्धि गर्न लुम्बिनी प्रदेशका १२ जिल्लाका १०९ पालिकाहरुमा कार्यक्रम राखी बजेट समेत ब्यवस्थापन गरिएको उहाँले कार्यक्रममा जानकारी दिए ।

कार्यक्रममा यौन तथा प्रजनन् स्वास्थ्य तथा अधिकार र न्यायका लागि कानुनी पहुँच सुदृढीकरण एवं महिला र किशोरीहरुकालागि न्यायमा पहुँच पु¥याउन स्वास्थ्य मन्त्रालय र सरकारका सम्बन्धित निकायहरुले पहल गर्नुपर्नेमा विषय विशेषज्ञ डा. लक्ष्मी तामाङले जोड दिइन्। लैंगिक उत्तरदायी नीति निर्माण र बजेट कार्यान्वयनमा समस्या देखिएको, मनोसामाजिक परामर्शको कमी, लिंग पहिचान गरेर गर्भपतन गरिनु, महिला तथा किशोरीहरुमा कानुनको अनभिज्ञता, सांस्कृतिक, धार्मिक र परम्परागत सामाजिक अवधारणाहरु कानुन कार्यान्वयनका बाधक चुनौतीहरुले गर्दा समस्या समाधानमा कठिनता देखिएको तामाङले बताइन् । कार्यक्रममा यस विषयमा डाटाबेस प्रस्तुत गर्दै वर्तमान अवस्थालाई उनले छर्लंग पारिन् ।

कार्यक्रममा मानवअधिकारवादी संघसंस्था, प्रदेश स्वास्थ्य निर्देशनालय र पत्रकारहरुसँग यस विषयमा गहन छलफल गरी योजना निर्माण र कार्यान्वयन गर्न चुनौती, समाधान र खाडलहरु तथा समाधानका उपायहरु लिखित सुझावहरु संकलन गरी प्रस्तुतिकरण समेत गरिएको थियो । कार्यशालामा प्रदेश निर्देशनालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठ, अधिकृत नोदनारायण चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लीला शाह, महिला मानवअधिकार रक्षक सञ्जाल दाङका अध्यक्ष अनिता पोख्रेल, दलित सशक्तिकरण क्षेत्रका अधिकारकर्मी निर्मल नेपाली वादी र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका अध्यक्ष कमल गौतम लगायतले बाेलेका थिए । कार्यक्रम संयोजक भगवती अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बियोण्ड बेइजिङ परियोजनाका अध्यक्ष कृष्णकुमारी वाईवाको स्वागत मन्तब्य र प्रदेश निर्देशनालयका फोकलपर्सन कुमार थापाले सहजीकरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे