‘हामीलाई पनि समावेश गर’ दोस्रो चरणको परियोजना माथि सरोकारवालाहरु संग अभिमुखिकरण



‘हामीलाई पनि समावेश गर’ दोस्रो चरणको परियोजना माथि सरोकारवालाहरु संग अभिमुखिकरण

देउखुरी २ पुस । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सञ्चालन गर्दै आइरहेको ‘हामीलाई पनि समावेश गर’ दोस्रो चरणको परियोजना माथि सरोकारवालाहरु संग अभिमुखिकरण गरिएको छ । शहरी विकास तथा खानेपानी मन्त्रालयको समन्वयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशले आज सोमबार राप्ती उपत्यका देउखुरीमा उक्त अभिमुखिकरण गरिएको हो ।

महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमानसिंह केसीको अध्यक्षता एवम् सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सो अवसरमा महासंघका लुम्बिनी प्रदेश व्यवस्थापक धिरेन्द्र विकले परियोजनाको परिचय, कार्यक्षेत्र, अबधी, गर्ने कृयाकलाप र कार्यान्वयनको अवस्था लगायतका बिषयमा बिस्तृत रुपमा जानकारी गराएका थिए । त्यस्तै महासंघ लुम्बिनी प्रदेशकी प्रदेश वकालत अधिकृत सरोजा भण्डारीले प्रादेशिक समन्वय कार्य समूहको बिषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव भण्डारीले स्वस्थ सामाज निर्माण आजको आवश्यकता रहेको बताए । उनले प्राकृतिक रुपमा हुने अपाङ्गतालाई कम गर्न स्वस्थकर खानपिन, नियमित ब्यापक आवश्यक रहेको बताए । सचिव भण्डारीले महासंघले सिमित स्रोत, साधानबाट पनि उल्लेखिनिय काम गरेकोमा उच्च प्रशंसा गर्दै अपाङ्गताका सवालमा बिगत देखि नै मन्त्रालयले समन्वय, सहकार्य गर्दै आइरहेको र गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै बैठकलाई सम्बोधन गर्दै महासंघ लु्‌म्बिनी प्रदेश सचिवालय सदस्य जुमानसिंह केसीले अपाङ्गता भएका नागरिकहरुका लागि अहिले सम्म बनेका कानुनहरुको सही ढंगले पूर्ण रुपमा कार्यान्वयन हुन सके मात्र ७० प्रतिशत समस्या हल हुने बताए । उनले शारिरीक अपाङ्गता भन्दा मानसिक अपाङ्गता भएकाहरुबाट कानुन कार्यान्वयन नहुन निकै दुखद बिषय भएको बताए ।

अभिमुखिकरण कार्यक्रममा सामाजिक विकास मन्त्रालयकी महाशाखा प्रमुख कमला ज्ञवाली, प्रदेश पूर्वाधार विकास प्राधिकरणका लोकबहादुर केसी, प्रदेश परियोजना कार्यान्वयन ईकाइका दुर्गाप्रसाद पौडेल, युनिसेपका डम्मर बोहरा र पत्रकार सन्तोषकुमार गुप्ता लगायतका बक्ताले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे