देउखुरीको सिसहनियाँमा गुडिरहेको स्कुटीमा आगलागी, आंशिक क्षति
सिसहनियाँ १ पुस । दाङको देउखुरीमा गुडिरहेको स्कुटीमा आगलागी भएको छ ।
पुर्वबाट पश्चिम तर्फ गइरहेको रा २ प १३४० नम्बरको स्कुटीमा आज विहान करिव १० बजेको समयमा राप्ती गाउँपालिका-८ नयाँ बजार सिसहनियाँमा गुडिरहेको स्कुटीमा आगलागी भएको हो । स्कुटीको पछाडिको भागमा एक्कासी आगो सल्किए पछि स्थानीयले सल्केको आगो निभाएका थिए । आगलागीबाट स्कुटीमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
यद्यपि चालकले स्कुटीलाई ग्यारेजमा छोडेर गएको र अहिले सम्म लिन नआएकोले कसको हो भन्ने विषयमा कुनै जानकारी प्राप्त नभएको प्रहरीले बताएको छ । स्कुटी अहिले इलाका प्रहरी कार्यालय सिसहनियाँमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्

