प्रधानमन्त्री ओलीलाई लोकतन्त्र विरोधी भन्दा अपमान हुन्छ : मुख्यमन्त्री पोख्रेल



प्रधानमन्त्री ओलीलाई लोकतन्त्र विरोधी भन्दा अपमान हुन्छ : मुख्यमन्त्री पोख्रेल

बुटवल २४ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतन्त्र विरोधी भनेर अपमान गर्न नमिल्ने बताएका छन् । कपिलवस्तुको आरटिओ सडकको उद्धघाटन गर्दै उनले देशमा संकट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गरेर संसद बिघटन गरेको बताए ।

उनले सडक आन्दोलन छाडेर निर्वाचनको तयारी गर्न पुष्पकमल दाहाल र माधव समुहका नेताहरुलाई सुझाव दिए । मुख्यमन्त्री पोखरेलले सडकले मधेशको विकासमा समृद्धि ल्याउने पनि बताए । प्रदेश सरकारको महत्वपूर्ण कामको रुपमा हुलाकी सडक रहेकोले सडक निर्माण पछि नागरिकहरुको दैनिकीमा समेत परिवर्तन हुने उनको भनाइ छ ।

मुख्यमन्त्री पोखरेलले सिँचाइ सुविधाका लागी नौमुरे सिँचाइ योजनाको काम अघि बढेकाले यसले जिल्लाको सिँचाइको समस्यालाई समाधान गर्ने बताए । साथै उनले सुकुम्बासी बस्तीको बाहुल्यता रहेको विजयनगरवासीलाई अहिलेकै सरकारले लालपुर्जा दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे