प्यूठानको साना किसान सहकारी बाङ्गेसालको २७ औँ साधारणसभा तथा ९ औँ अधिवेशन सम्पन्न



प्यूठानको साना किसान सहकारी बाङ्गेसालको २७ औँ साधारणसभा तथा ९ औँ अधिवेशन सम्पन्न

भालुवाङ ६ मंसिर । संविधानसभा सदस्य धनबहादुर रायमाझीले सहकारी संस्थाबाट ऋण लगेर नतिर्नेहरू नै बास्तविक सहकारी ठग भएको बताएका छन् । प्यूठानको सरूमारानी गाउँपालिका–१, बाङ्गेसाल स्थित साना किसान कृषि सहकारी संस्था लिमिडेटको २७ औँ बार्षिक साधारणसभा तथा ९ औँ उद्घाटन गर्दै उहाँले यस्तो बताएका हुन् ।

संविधानसभा सदस्य रायमाझीले सहकारी अभियानलाई असफल बनाउन यस्ता ठगहरू समाजमा व्यापक रहेको बताउँदै अब सहकारी अभियानकर्मीहरू निर्मम बन्नुपर्ने बताए । कार्यक्रमको प्रमुख अतिथीको आसनबाट बोल्दै संविधानसभा सदस्य रायमाझीले सहकारीका रकम अपचन गर्नेहरूलाई हदै सम्मको कानुनी कार्वार्हीको माग गरे । साथै उनले सहकारीलाई उत्पादन र रोजगारी संग जोड्न सके मात्र सहकारी संस्थाले प्रवाह गर्ने ऋणको सही सदुपयोग हुने बताए । संविधानसभा सदस्य रायमाझीले अब सहकारीका हरेक सदस्य कृषि, उत्पादन र उद्दमशिलतामा लाग्न समेत आग्रह समेत गरे ।

संस्थाका अध्यक्ष कुलदीप जिसीको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन–सत्रमा बोल्दै सरूमारानी गाउँपालिका उपाध्यक्ष बसन्ता खड्काले सहकारीको ऋण नतिर्ने प्रबृति सहकारी संस्थाहरू मारमा परेको बताइन् । उनले सहकारी संस्थालाई स्वच्छ बनाउन खराबी ऋणीको संख्या घटाउनुपर्ने बताइन् । उनले खराब ऋणीहरूको हकमा संस्थाका सञ्चालक समिती सदस्य संगै प्रत्येक शेयर सदस्यहरू कठोर बन्न आग्रह गरिन् । समान्य परिवारका नागरिकहरूले जम्मा गरेको पैसामा सहकारी ठगहरूको गिद्धे नजर लागेको बताउँदै उनले त्यस ठगहरूलाई सामाजिक रूपमा कार्वाही आवश्यक रहेको समेत बताइन् ।

संस्थाकी उपाध्यक्ष नर्मदा गिरीको स्वागत मन्तव्यबाट शुरू भएको साधारणसभामा संस्थाका अध्यक्ष कुलदिप जिसीले संस्थागत प्रतिवेदन, संस्थाका बरिष्ठ प्रबन्ध निर्देशक निमराज आचार्यले आर्थिक प्रतिवेदन र लेखा समितीका संयोजक शिबप्रसाद घिमिरेले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभा उद्घाटन–सत्रमा सरूमारानी गाउँपालिका—१ नम्बर वडाका वडाध्यक्ष नरबहादुर घर्ती, अभियान कृषि सहकारी संस्थाका अध्यक्ष शान्तराज आचार्य, सरस्वती माध्यमिक विद्यालय बा अभियान कृषि सहकारी संस्थाका अध्यक्ष शान्तराज आचार्य, सरस्वती माध्यमिक विद्यालय बाङ्गेसालका कृषि संकाय प्रमुख मिनराज पौडेल, साना किसान कृषि सहकारी संस्थाका पूर्व अध्यक्ष टंकबहादुर जिसी, देउखुरी टुडे डटकमका अध्यक्ष तथा प्रधानसम्पादक सन्तोषकुमार गुप्ता र राप्ती अनलाइनका सम्पादक जमिर शाह लगायतका वक्ताले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।

सो अवसरमा ६ जना जेष्ठ शेयर सदस्यहरुलाई नगद र प्रमाण—पत्र सहित सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा एकबहादुर सोमै, बिन्नीदेवी पल्ली, कृष्ण गिरी, टंकप्रसाद खनाल, चन्द्रकला राना र अमृता आले रहेका छन् । त्यस्तै साधारणसभामा जेष्ठ शेयर सदस्य शान्तिकुमारी श्रेष्ठ र चुरामणि सुनारलाई नगद सहित स्वच्छकी बिदाई समेत गरिएको छ भने म्यादी जीवन बिमा कार्यक्रममा आबद्ध भई मृत्यु हुनु भएका स्वर्गीय कमला विश्वकर्माका श्रीमान पदमबहादुर बिमा बिमा दाबी रकम मार्फत सात लाखको चेक समेत प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका धितो मूल्याङकन समिती संयोजक ज्ञानुप्रसाद खनालले गरेका थिए ।

कुलदिप जिसी कै अध्यक्षतामा ११ सदस्यीयता नयाँ कार्य समिती सर्वसम्मत

यसैबीच साधारणको ९ औँ अधिवेशनले कुलदिप जिसी कै अध्यक्षतामा ११ सदस्यीयता नयाँ कार्य समिती सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा तुलसा थापा, सदस्यहरुमा नारायणबहादुर गुरुङ, माधवप्रसाद पोखरेल, चिन्तबहादुर ल्वोहार, शारदा पौडेल, बिमला सुनार, कुसा राउत, कमलबहादुर कुमाल, समसुल हकशाह र मुकुन्दराज शर्मा रहेका छन् ।

त्यस्तै समितीको सदस्य सचिवमा संस्थाको विधान अनुसार संस्थाका प्रबन्धक निमराज आचार्य रहेका छन् । त्यस्तै अधिवेशनले पुनः शिबप्रसाद घिमिरेको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति पनि सर्वसम्मत चयन गरेको छ । जसको सदस्यहरुमा महेशकुमार रायमाझी र नर्मदा गिरी रहेका छन् ।

आर्थिक बर्ष २०८१/०८२ मा शेयर पुँजी र शेयर सदस्य बृद्धि, नाफा घट्यो

यस संस्था वि.सं. २०५४ साउन १९ गते डिभिजन सहकारी कार्यालयमा बिधिवत रूपमा दर्ता भई नियमित रूपमा आफ्नो गतिबिधिहरू सञ्चालन गर्दै आएको छ । संस्थाको हाल सरूमारानी गाउँपालिकाको वार्ड नम्बर १ र २ लाई कार्यक्षेत्र बनाएर आफ्नो निमित गतिबिधिहरू अगाडि बढाउँदै आएको छ ।

संस्थामा हाल सम्म १ हजार ४ सय २६ जना सेयर सदस्य रहेका छन् । जब की गत आर्थिक बर्षमा १ हजार ३ सय ७० जना शेयर सदस्य रहेकोमा यस आर्थिक बर्ष २०८१/०८२ मा ५६ जना शेयर सदस्य बृद्धि भएका छन् । संस्थाको हाल कुल पुँजी ४१ करोड २९ लाख ३७ हजार रहेको छ । जब की गत आर्थिक बर्षमा ३५ करोड २५ लाख ८३ हजार रहेकोमा यस आर्थिक बर्ष २०८१/०८२ मा ६ करोड ३ लाख ५४ हजारले बृद्धि भएको प्रबन्धक निमराज आचार्यले जानकारी दिए ।

यस्तै शेयर पुँजी तर्फ आर्थिक बर्ष २०८१/०८२ मा ४ करोड ५३ लाख ९१ हजार रहेको छ, जबकी गत आर्थिक बर्षमा ४ करोड ३९ लाख ४४ हजार रहेको थियो । यस आर्थिक बर्षमा १७ लाख ४७ हजारले बृद्धि भएको छ । यता संस्थाले आर्थिक बर्ष २०८१/०८२ मा १ करोड ४७ लाख ६७ हजार नाफा गर्न सफल भएको छ । गत आर्थिक बर्ष २०८०/०८१ मा १ करोड ६२ लाख ३१ हजार नाफा गर्न सफल भएको थियो । तर आर्थिक बर्ष २०८१/०८२ मा १४ लाख ६४ नाफा घटेको संस्थाका प्रबन्धक आचार्यले बताउनुभयो । त्यसैगरी निक्षेप मौजादमा २४ करोड १३ लाख ६३ हजार, कुल जगेडा कोषमा ७ करोड ७१ लाख ३२ हजार निक्षेप र ३९ करोड २४ लाख ६० हजार सदस्यमा ऋण लगानी भएको संस्थाका प्रबन्धक आचार्यले जानकारी दिए ।

संस्थाले हाल बचत तथा ऋण कारोबार, सुत्केरी पोषण कार्यक्रम, मृत्यु राहत, सदस्य सुरक्षा योजना बिमा, पशु बिमा कार्यक्रम, नश्ल सुधार तथा बीउ बिजन बोका बितरण कार्यक्रम, गोठ तथा भकारो सुधार कार्यक्रम, छोरी पेवा तथा बाल बचत, सदस्य केन्द्रित मलखाद, बीउ बितरण कार्यक्रम, रेमिट सेवा, सदस्यको म्यादी जीवन बिमा, सदस्यहरूलाई अध्ययन, अवलोकन भ्रमण लगायत कार्यक्रम गरी सदस्यहरूलाई प्रत्यक्ष रूपमा सेवा प्रबाह गर्दै आई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे