देउखुरीको अर्नाहनपुरमा आजदेखि रामघाट मेला सुरु



देउखुरीको अर्नाहनपुरमा आजदेखि रामघाट मेला सुरु

देउखुरी १८ कार्तिक । दाङ-देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ अर्नहनपुरमा आज मंगलबार देखि रामघाट मेला सुरू भएको छ । रामघाट मेला व्यवस्थापन समितिको आयोजनामा शुरू भएकाे पराम्परागत पाैराणिक मेला कार्तिक २१ गते सम्म सञ्चालन हुने बताईएकाे छ ।

गत बर्षहरू भन्दा यस वर्ष नयाँ व्यवस्थापनका साथ मेला शुरू गरिएकाे मेला व्यवस्थापन समितीका अध्यक्ष सनातन चाैधरीले जानकारी दिए । “ऐतिहासिक रामघाट मेला हेर्न जाऔं, धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गरौै भन्ने मुल नाराका साथ मेला सुरू भएको हो ।

मेलामा करिब एक सय बढी २४ व्यवसायिक स्टल रहेका छन् । मेला अवलोकन सँगै नेपालको दोस्रो लामो पुल अवलोकन गर्न सकिने, मन्दिरमा पुुजा आराधना गर्न सकिने, बालबालिकाको लागी खेलौना, विभिन्न परिकारहरु रहेका छन् । मेलाबाट संकलित रकम राम मन्दिरको व्यवस्थापनमा खर्च गरिने आयाेजकले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे