कालाकाटे– गढवा हुलाकी सडक खण्ड युवाहरुद्धारा मर्मत



कालाकाटे– गढवा हुलाकी सडक खण्ड युवाहरुद्धारा मर्मत

भालुवाङ १६ कार्तिक । दाङको कालाकाटे–गढवा सडक खण्ड युवाहरु मिलेर मर्मत कार्य सुरु गरेका छन् ।

तीन दिन अघि सो सडक खण्ड मर्मत नभएमा गढवा गाउँपालिकाको कार्यालयमा आमरण अनसन बस्ने घोषणा गरेका सन्देश भण्डारी क्षेत्रीले सो सडक खण्ड मर्मत गराउन सफल भएका छन् । सामाजिक अभियान्ता एवं जेन्जी युवा सन्देश भण्डारी क्षेत्रीको पहलमा विगत १५÷२० वर्ष अघि देखिको बेवारिसे छोडिएको मलमला बनघुश्री बीचको करिव २ किलोमिटर सडक मर्मत कार्य सुरु भएको हो । स्थानीय उद्योगपति शंकरनाथ योगीको सहयोगमा सो सडक खण्ड मर्मत कार्य सुरु भएको हो ।

सो सडक खण्डमा ठुला ठुला खाडलका कारण सवारी साधान आवागमन तथा सर्वसाधारणलाई आवतजावतमा समस्या पर्नुका साथै पानी पर्दा हिलैहिलो र घाम लाग्दा धुलैधलो उड्ने समस्या अझै हट्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे