दाङमा भन्सार छलेर ल्याएको कपडा वेवारिसे अवस्थामा फेला



दाङमा भन्सार छलेर ल्याएको कपडा वेवारिसे अवस्थामा फेला

दाङ १६ कार्तिक । दाङकाे देउखुरीमा प्रहरीले भन्सार छलेर ल्याएको वेवारिसे कपडा फेला पारेको छ । लमही नगरपालिका–९ अमिलिया नजिकै पूर्व–पश्चिम राजमार्गको उत्तर किनारमा शनिबार अपरान्ह साढे ४ बजेतिर प्लास्टिकको बोरामा राखिएको कपडा बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

उनका अनुसार लेडिज कुर्ता–सुरुवाल १११ थान र लेडिज सुरुवाल ६ थान अनुमानित मूल्य एक लाख चार हजार रुपैयाँ बराबरको रहेको छ । बिलबिजक नभएको र सो कपडामा हकदाबी गर्ने कोही पनि नआएपछि बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कोईलाबास दाङ पठाइएको डिएसपी शाहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे