जेन्जी समुहले स्वास्थ्य सुधारको माग राखि राप्ती गाउँपालिकालाई बुझायो ध्यानाकर्षण पत्र



जेन्जी समुहले स्वास्थ्य सुधारको माग राखि राप्ती गाउँपालिकालाई बुझायो ध्यानाकर्षण पत्र

भालुवाङ २४ असोज। विभिन्न जेन्जीहरूको ऐक्यबद्ध समुहले शुक्रबार दाङको राप्ती गाउँपालिकामा स्वास्थ्य क्षेत्र सँग सम्बन्धित समस्याबारे गाउँपालिका अध्यक्ष प्रकाश विष्टलाई  ध्यानाकर्षण पत्र बुझाएको छ।

गंगा ओली, शिशिर खड्का, संदेश भण्डारी, तिलक रिमजाल र चोपलाल सुवेदी सहितको समुहले पालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनीहरूले गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरूमा चिकित्सकहरूको अनियमित उपस्थिती, औषधीको अभाव र सेवा प्रवाहमा ढिलासुस्ती जस्ता समस्याका विषयमा ध्यानाकर्षण गराएका छन् । ध्यानाकर्षण  पत्र मार्फत गाउँपालिका अध्यक्षलाई तत्काल प्रभावकारी कदम चाल्न समेत उनीहरूले माग गरेका छन् । ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष विष्टले राप्तीका स्वास्थ्य संस्था अरू पालिकाको तुलनामा उत्कृष्ट रहेको डाक्टरहरू प्रयाप्त मात्रमा भएको र केही कमी कम्जोरी भए त्यसलाई तत्काल सुधार गर्ने बताए ।

अध्यक्ष विष्टले औषधी आपूर्तिमा कमी आउन नदिन तत्काल कदम चाल्ने प्रतिबद्धता समेत जनाए । साथै सो समुहलाई अध्यक्ष विष्टले राप्ती आधारभूत अस्पतालको निरिक्षण समेत गराए । यस अघि सोही समूहले गढवा, राजपुर गाउँपालिका र लमही नगरपालिकामा समेत ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे