नेपाली काँग्रेसले आजराष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै



नेपाली काँग्रेसले आजराष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै

काठमाडौ १६ पौस । नेपाली काँग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ। काँग्रेसका७७ जिल्ला कार्यसमितिले आ–आफ्नो जिल्लामा आज विभिन्न कार्यक्रमको आयोजना गरि दिवस मनाउन लागेको हो । आज बिहान साढे ९ बजे सूचना, सञ्चार तथा प्रचार विभागले ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ विषयक भर्चुअल कार्यक्रम राखेको छ।

कार्यक्रमका प्रमुख वक्ता सभापति शेरबहादुर देउवा र नेता प्रदीप गिरि रहनुहुने बताइएको छ।२०३३ पुस १६ गते तत्कालीन काँग्रेस सभापति विपी कोइराला र नेता गणेशमान सिंह राजासँग विद्रोह होइन मिल्नुपर्छ भन्दै मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए ।

सोही दिनको सम्झनामा काँग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ । काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले यस वर्षको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस सरकारको अलोकतान्त्रिक कदमको विरोधका लागि जनतालाई एकत्रित गर्न केन्द्रीत हुने बताए । उनले मेलमिलाप दिवस सरकारको अलोकतान्त्रिक कदमविरुद्ध सबै शक्तिलाई एक ठाउँमा उभ्याउनका लागि केन्द्रित हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे