रसुवाको गत्लाङमा आगजनी हुँदा तीन घर जलेर नष्ट



रसुवाको गत्लाङमा आगजनी हुँदा तीन घर जलेर नष्ट

रसुवा १६ पुष । रसुवाको हिमाली भेग गत्लाङमामा आगजनी हुँदा तीन घर जलेर नष्ट भएको छ । सदरमुकाम धुन्चेदेखि ५० किलोमिटर उत्तरपश्चिममा रहेको आमाछिदिङ्मो गाउँपालिका ३ गत्लाङमा आगजनी हुँदा तीन घर जलेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

धान र परालसहित घरमा आगजनी हुँदा धनसम्पत्ति क्षति भएपनि मानवीय क्षति हुनबाट जोगिएको रसुवा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार स्थानीय युङडुङ तामाङ, बमबहादुर तामाङसहित तीन घरमा आगलागी भएको हो । क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे