तुलसीपुरमा पुनर्लाभ कार्यक्रम परियोजना सुरु



तुलसीपुरमा पुनर्लाभ कार्यक्रम परियोजना सुरु

शरद रेग्मी, तुलसीपुर १४ पुस ।

तुलसीपुरमा आर्थिक पुनर्लाभ कार्यक्रम परियोजना सुरु गरिएको छ । ग्रामिण क्षेत्रमा रहेका विपन्न परिवारहरुका लागि युएसएआइडि तयार नेपाल र तुलसीपुर उद्योग वाणिज्य सघंको आयोजनामा विभिन्न वडाहरुमा सो रोजगारमुलक कार्यक्रम लागू गरिएको परियोजनाका टिम लिडर विनिल केसीले जानकारी दिए । विभिन्न पाँच स्थानका २०३ जनालाई आर्थिक पुनर्लाभ कार्यक्रम परियोजना अन्तर्गत कामका लागि मंगलबारदेखि नगद शुभारम्भ कार्यक्रम सुरु गरिएको छ ।

स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिका संगको समन्वयमा सञ्चालन भैरहेको परियोजनाको मंगलबार एक कार्यक्रमका बीच तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले शुभारम्भ गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ अश्वारामा निर्माणाधिन हरियालि पार्क भ्यू–टावर निर्माण स्थलमा एक कार्यक्रमका बीच आर्थिक पुनर्लाभ कार्यक्रम परियोजनाको शुभारम्भ गरिएको थियो ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष नवराज लामिछाने, ८ का अध्यक्ष वेदु केसी, तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बिमल रिजाल, तयार नेपालका यिकोनोमिक म्यानेजर सत्य विश्वास, फिल्ड अफिसर दशरथ रौनियार, स्थानीय यमबहादुर विकलगायतले कोरोना महामारीका बीच निरन्तर सहयोग गरिरहने संस्थाहरु तयार नेपाल, तुलसीपुर उद्योग वाणिज्य संघ र उपमहानगरपालिकालाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको सहजिकरण वाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराईले गरेका थिए । सो परियोजना अन्तर्गत उपमहानगरका विभिन्न वडाहरुमा सिप र उत्पादन मुलक कार्यक्रमहरु च्याउ खेति, तरकारी खेति र स्वरोजगार मुलक कार्यक्रमहरु सञ्चालन भैरहेको वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिए । कोरोना महामारिका कारण विदेशबाट फर्किएकाहरु स्थानीय स्तरमै रोजगार पाएपछि खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे