राजनीति प्रतिसोध नै देश विकासको प्रमुख बाधक बन्न सक्छ
नेपाल एक यस्तो देश हो । जहाँ बहुसंखी जातजाती, भेषभुषा, कला, सँस्कृति भएको देश हो । जलस्रोतको दोस्रो धनी देश जंगल जडिबुटिको खानी भएको देश जहाँ प्राकृतिक रुपमा आफै उत्पादन हुने गर्छ । यो उत्पादनलाई सही प्रयोग गर्न सकियो भने देशलाई आयस्रोतमा राम्रै मुनाफा देखिन्छ । यो देश न कहिले कसैको उपनीवेश न कहिले गुलाम त्यसैले देशलाई ४ जात ३६ वर्णको फुलबारी भनेर पनि चिनिन्छ ।
इतिहास र बिरताको गाथा बोकेको हाम्रो देश नेपाल बाइसे चौबिसे राज्यबाट एकिकरण गर्दै एउटा सिंगो देश नेपाल निर्माणका राष्ट्रप्रेमी पृथ्वीनारायण शाहलाई उच्च शिरमा राख्नु पर्छ । खुकुरी र तरवारको भरमा दुश्मन संग लडेर विजय प्राप्त गरेकै कारण आज यो देशलाई निडर शाहासी वीर गोर्खालीको देश भनेर चिनिएको छ । त्यसैले वीर गोर्खालीको एउटा छुट्टै पहिचान रहेको छ । प्राकृतिक सम्पदा देखि हरेक कुरामा सम्पन्न हाम्रो देश नेपालको विकासको गति ल्याउन नसकेको देखिन्छ । निंकुश राणाशासनको अत्यभए प्रश्चात वि.सं. २०१७ देखि वि.सं. २०४६ साल सम्म महेन्द्र राजा भए र वि.सं. २०४६ सालको पहिलो जनआन्दोलनबाट पञ्चायत व्यवस्था खारेज भई बहुदलीय शासन प्राणालीको थालनी भयो । र देशमा जतिसुकै नेतृत्व परिवर्तन भए पनि खिचातानी कायमैै रह्यो ।
जब देशमा वि. सं.२०६२÷०६३ को दोस्रो आन्दोलनको सुरुवात भयो त्यो आन्दोलनको प्राप्ती तत्कालिन राज संस्थाको अन्य भयो र लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । यो परिवर्तनका निम्ति कयौं शहिद भए कयौंका काख रित्तिय तर परिवर्तन भने वाक स्वतन्त्रता बाहेक जनताको मुहारमा खुसी छाउने केहि देखिएन । र परिवर्तन नहुनु मुख्य कुरानै राजनीति प्रतिसोध र पुर्वाग्रह जस्तो देखिन्छ । लोकतान्त्रिक गणतन्त्र स्थापना देखि जब देश निर्वाचन प्राणालीमा होमियो र तीन तहको सरकारमा केन्द्र, प्रदेश र स्थानीय गरेर बिभाजन गरियो र चुनावी नारा चुनावको लागि मात्र र गरिखाने एउटा राम्रो ठाउँको स्थापित गरियो र देशमा पछिल्लो समय बढ्दै गएको राजनीति प्रतिसोध र पुर्वाग्रह राखेर राम्रो काम गर्ने सक्षम व्यक्तिलाई पनि खुट्टा तानेर तल खसाल्ने राम्रोलाई राम्रो नभन्ने आफ्नो मान्छेलाई मात्रै अघि सार्ने चाहे उसले जेसुकै काम गरोस् तर उसले गरेको काम राम्रो नहुने अस्पतालमा गयो भने डाक्टर पार्टीको, स्कुलमा गयो शिक्षक पार्टीको, विद्यार्र्थी पार्टीको र हरेक ठाउँमा हाम्रो मान्छे राख्नुपर्छ ।
भनेपछि राम्रो मान्छे ओझेलमा परेको देखिन्छ । कुनै पनि पार्टीको नीति सिदान्त गलत नभए पनि काम गर्ने शैली र उसको नेतृत्व गलत हुन सक्छ । आफ्नो नेता तथा कार्यकर्ताले नराम्रो गर्दा पनि राम्रो हो भन्दै उफ्रने तर आफ्नोले गलत गर्दा सहि हो भनेर ढाकछाप गर्ने र कार्वाही गर्न नसक्नु पनि गलत हो । समग्रमा भन्नु भन्दा राजनीति प्रतिसोध भागवन्डा नाताबाद, कृताबाद र सही मुल्याङकन नहुनाले नै देश विकासमा असर पुगेको देखिन्छ र त्यसको कारणले दैनिक जसो सयौं युवाहरु प्रदेशिनु परेको र सपना बोकेर गएका कयौं युवाहरुको शव बाकसमा आएको हुन्छ त्यसकारण देश विकास र समृद्धि चाहानेहरु व्यक्तिगत स्वार्थ र राजनीतिक प्रतिसोध त्यागेर देश विकासमा लाग्न आवश्यक देखिन्छ ।
