दाङकाे राप्ती र गढवा गाउँपालिकामा बंगुर व्यवसायी संघ नेपाल गठन
भालुवाङ १० जेठ । दाङमा बंगुरपालन व्यवसाय गर्दै आएका किसान तथा व्यवसायीहरू अब संगठित रुपमा अगाडि बढ्न थालेका छन् ।
व्यक्तिगत रूपमा सञ्चालन हुँदै आएको यो व्यवसाय पछिल्लो समय सामूहिक र व्यवस्थित ढंगमा विस्तार गर्न व्यवसायीहरू जुटेका हुन् ।
शनिवार दाङको राप्ती गाउँपालिकाका बंगुरपालक किसानहरु संगठित भएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा भेला भएका किसानहरुले संगठन बनाएका छन् । दलबहादुर घर्ती मगरको अध्यक्षतामा ३ सदस्य पछि थप गर्ने गरी १३ सदस्य बंगुर व्यवसायी संघ नेपाल राप्ती गाउँपालिका गठन गरिएको छ । नव गठित संघको उपाध्यक्षमा करमकाशी चौधरी, सचिवमा धुव्रराज चौधरी, कोषाध्यक्षमा भेषराज सार्की रहेका छन् । त्यसै गरि सदस्यहरमा दुखराम सार्की, रिखबहादुर बाठा मगर, हरिराम चाैधरी, बाबुराम सार्की, सुमन प्रसाद चौधरी र मनिराम चौधरी रहेका छन् ।
स्वरोगारी पशुपंक्षी विकास सहकारी संस्थाकी अध्यक्ष मता केसीको अध्यक्षता एवम् बंगुर व्यवसायी संघ नेपाल दाङका अध्यक्ष तुल्सीराम बुढामगरको प्रमुख आतिथ्यतामा भएको भेलामा सहभागी भएका व्यवसायीहरूले उत्पादन, बिक्री वितरण, तालिम, प्राविधिक सहयोग र बजार व्यवस्थापनका विषयमा एकीकृत प्रयास आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार बंगुरपालन अब आत्मनिर्भर कृषिको उदाहरण बन्दै बताएका छन् । बंगुरपालन व्यवसायमा दाङका विभिन्न पालिकाका सयौं किसान संलग्न छन् तर, प्राविधिक सहयोग, उचित बजार मूल्य, उच्च जातका बंगुरको उपलब्धता तथा रोग नियन्त्रणमा समस्या आइरहेकाले व्यवसायीहरूले साँझा मञ्चको आवश्यकता महसुस गरेका हुन् ।
स्थानीय बंगुरपालक दलबहादुर घर्तीले भने, हामी अलग–अलग प्रयास गर्दै थियौं, तर अब एकीकृत भएर योजना बनाउने हो भने ठूलो लाभ लिन सक्छौं, आर्का व्यवसायी करमकाशी चौधरीले तालिम तथा सहुलियत ऋणको व्यवस्था गरिनु पर्ने माग राखिन् । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले पनि किसानहरूलाई संगठित भई व्यवसाय विस्तार गर्न सुझाव दिएका छन् । व्यवसायीहरू बीच समन्वय बढाउने, तालिम कार्यक्रम सञ्चालन गर्ने, अनुदान तथा सहुलियत कार्यक्रममा पहुँच बढाउने र दिगो व्यवसाय विकासमा काम गर्ने लक्ष्य संगठनले लिन आवश्यक रहेको बताए । कार्यक्रममा बंगुर व्यवसायी संघ नेपाल दाङका सचिव कमल विक, सल्लाहकार टोपबहादुर बुढाथोकी, उपाध्यक्ष हेमलाल सार्की, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, बंगुर व्यवसायी संघ नेपाल घोराही उपमहानगर अध्यक्ष परविन पुन मगर, लमही नगरका गोपाल छन्त्याल, स्थानीय किसान करमकाशी चौधरी र समाजसेवी राजकुमार तमाङ लगायतका वक्ताहरुले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन दलबहादुर घर्ती मगरले गरेका थिए ।
यसै बीच शनिवारनै गढवामा भएको भेलाले सावित्रा धामीको अध्यक्षतामा ५ सदस्य पछि थप गर्ने गरी १३ सदस्य बंगुर व्यवसायी संघ नेपाल गढवा गाउँपालिका गठन गरिएको छ । नव गठित संघको उपाध्यक्षमा बसन्ती गिरी, सचिवमा दिवाकर चौधरी, कोषाध्यक्षमा पदमनाथ चौधरी रहेका छन् । त्यसै गरि सदस्यहरमा गिता सोती मगर, तारा जिएम, सिमाना घर्ती मगर, सुन्चीमाया घर्ती रहेका छन् । बंगुर व्यवसायी संघ नेपाल दाङका अध्यक्ष तुल्सीराम बुढामगरमा भेला सम्पन्न भएको हो ।

