वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका मतदाता नामावली अद्यावधिक सुरु



वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका मतदाता नामावली अद्यावधिक सुरु

काठमाडौ १३ पुष । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामावली अद्यावधिकगर्न सुरु गरेको छ । आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठका अनुुसार निर्वाचनका लागि सुरुका चरणमा गर्नुुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता नामावली अद्यावधिकगर्न थालिएको छ ।

सरकारले प्रतिनिधिसभाको निर्वाचन दुुई चरणमा आगामी वैशाख १७ र २७ गर्ने गरी मिति तोकिसकेकोे छ । यद्यपि, उक्त निर्वाचनका विषयमा दलबीच उत्पन्न भएको विवाद निरुपणका लागि सवर्वोच्च अदालतमा विषयप्रवेश गरेको छ ।

आयोगले ऐनमा व्यवस्था भए अनुुसार निर्वाचन घोषणा भएलगत्तै ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट गरिरहेको मतदाता नामावली सङ्कलन स्थगित गरेको छ । निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबैभन्दा पहिले आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका बनाउनुुपर्ने हुुन्छ । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने बजेट अनुुमानको कामगरिरहेको पनि श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे