मृतकका आफन्तले गरेको अवरुद्ध लमही- भालुवाङ सडक खण्ड सुचारू : सहमतिका लागि वार्ता हुँदै



मृतकका आफन्तले गरेको अवरुद्ध लमही- भालुवाङ सडक खण्ड सुचारू : सहमतिका लागि वार्ता हुँदै

भालुवाङ २ पुस । अवरुद्ध लमही- भालुवाङ सडक खण्ड सुचारु भएको छ ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मृतकका आफन्तले मंगलबार दिउँसो पाैने ३ बजे देखि अवरुद्ध गरेको सडक बेलुका ४:४२ बजेको समयमा सुचारू भएको छ ।वार्ताका माध्यमबाट समस्या समाधान गर्ने सहमतिमा बाटो सुचारू भएको इलाका प्रहरी कार्यालय भालुवाङ दाङले जानकारी दिएको छ । अहिले दुवै पक्ष बीच वार्ता चलिरहेको छ ।

सोमबार बेलुका करिव ६ः३० बजेको समयमा राप्ती गाउँपालिका वडा नं. २ लालमटिया(कटेशनाला नजिक)  ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मृतकका आफन्तले लालमटियामा दिउँसो पाैने ३ बजे देखि सडक बन्द गरेका थिए । मृतकका आफन्तले दोषीलाई कडा कारवाही तथा उचित क्षतिपूर्तिकाे माग गर्दै सडक अबरुद्ध गरेका थिए । सडक अवरुद्ध हुँदा गाडीको लाम लागेको थियो ।

पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तपुरका १८ वर्षिय साेनु गुरूङकाे मृत्य भएकाे थियाे । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे