लालमटिया दुर्घटना : मृतकका आफन्तद्वारा लमही- भालुवाङ सडक खण्ड बन्द
भालुवाङ २ पुस । दाङको देउखुरी स्थित लमही- भालुवाङ सडक खण्ड बन्द भएको छ ।
सोमबार बेलुका करिव ६ः३० बजेको समयमा राप्ती गाउँपालिका वडा नं. २ लालमटिया(कटेशनाला नजिक) ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मृतकका आफन्तले लालमटियामा दिउँसो साढे ३ बजे देखि सडक बन्द गरेका छन् । मृतकका आफन्तले दोषीलाई कडा कारवाही तथा उचित क्षतिपूर्तिकाे माग गर्दै सडक अबरुद्ध गरेका हुन् । यो समाचार तयार पार्दा सम्म सडक अवरूद्व रहेको छ ।
पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तपुरका १८ वर्षिय साेनु गुरूङकाे मृत्य भएकाे थियाे । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्