मानव बेचबिखन विरुद्ध शान्ति पुर्नस्थापना गृहको वार्षिक समीक्षा गढवामा सम्पन्न



मानव बेचबिखन विरुद्ध शान्ति पुर्नस्थापना गृहको वार्षिक समीक्षा गढवामा सम्पन्न

गढवा २९ मंसिर। शान्ति पुर्नस्थापना गृह कोईलाबासको वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम गढवामा सम्पन्न भएको छ।

शान्ति पुर्नस्थापना गृहका राष्ट्रिय उद्दार संयोजक भूमीराज भट्टराईको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो। शान्ति पुर्नस्थापना गृहको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले शान्ति पुर्नस्थापना गृह कोईलाबासले महिला, किशोरी तथा बालबालिकाहरुको क्षेत्रमा गरिरहेको आम उदाहरणीय काम भएको बताउँदै त्यसमा स्थानीय सरकारको साझेदारी समन्वय सहकार्य आवश्यक छ भनेर गढवा गाउँपालिकाले एक जना कर्मचारी ब्यवस्थापन गरेको बताइन्। पछिल्लो समयमा महिला किशोरी र बालबालिकाहरुको बेचबिखन, बिभिन्न प्रलोभन देखाई खुल्ला नाका हुदै भारतका बिभिन्न स्थानहरु लगेर बिभिन्न गलत कार्यमा लगाउने जस्ता कार्यको अन्त्यका लागि शान्ति पुर्नस्थापना गृह कोईलाबासको साथ सदैव गाउँपालिका रहने प्रतिवद्धता जाहेर गरिन्।

गढवामा राजपुरगरी ३२ वटा खुल्ला नाकाका कारण मानव बेचबिखन जस्ता कार्य रोक्न चुनौती रहेको बताउँदै कोईलाबास नाकामा शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय तह र शान्ति पुर्नस्थापना गृह कोईलाबासले संयुक रुपमा अघि बढ्नु पर्ने बताइन्। कार्यक्रममा बोल्दै शान्ति पुर्नस्थापना गृहका राष्ट्रिय उद्दार संयोजक भूमिराज भट्टराईले २००७ सालदेखि दाङको कोइलाबासमा शान्ति पुर्नस्थापना गृह कोईलाबासले मानव बेचबिखन विरुद्धको अभियान चलाउदै आएको बताए। मानव बेचबिखन तथा ओसारपसार विरुद्धको कार्यक्रम गर्न सोचे जस्तो सहज नभएको बताए । पुर्नस्थापना गृह कोईलाबासले सिमानाबाट हुने मानव बेचबिखन तथा ओसारपसारको बढ्दो समस्या लाई नियन्त्रण गर्न नेपाल तथा भारत तर्फ रहेका नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, भारतीय सिमा सुरक्षा बल, भारतीय मानव बेचबिखन नियन्त्रण ईकाई आदीसंग निरन्तर छलफल, बिचार बिमर्श र अन्तक्रिया गर्दै आएको बताए । साथै बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवशहरुमा मानव बेचबिखन तथा ओसारपसारको बढ्दो समस्या लाई नियन्त्रण गर्ने बारे सचेतना मुलक कार्यक्रम समेत गर्दै आएको संयोजक भट्टराईले बताए ।

बिक्रम सम्बत् २०७७ साल चैत्र ०४ गते देखि दाङको कोइलाबासमा शाखा स्थापना गरेको शान्ति पुर्नस्थापना गृहले विक्रम सम्बत् २०५० सालदेखि मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अभियानमा क्रियाशील भएर कार्य गरिरहेको छ। शान्ति पुर्नस्थापना गृहलाई कार्य गर्दा बिभिन्न कठिनाइहरु समेत आउने गरेको छ। स्थानीय बासिन्दालाई निवार्द चेकजाँच गर्न नपाउनु, राजनीतिक हस्तक्षेप, सिमापार गराउन आफ्नै अभिभावकको प्रयोग, मोटरसाइकल चेकजाँच गर्न नपाउनु, बुर्का लगाएर बोर्डर पार गर्दा समेत चेकजाँच गर्न नपाउनु, थोरै कर्मचारी भएका कारण नेपालका विभिन्न शहरहरू बाट सिधै दिल्ली, सिम्ला लगाएतको अन्य भारतको शहरमा जाने सवारी साधनको कठिनाइ हुनु, पितृसत्तात्मक सोचकमा परिवर्तन नआउनु लगायतका थुप्रै कठिनाइहरु रहेको शान्ति पुर्नस्थापना गृह कोईलाबासकी प्रमुख सिमा जिसीले जानकारी दिइन्।

शान्ति पुनर्स्थापना गृह कोईलाबासकी परामर्शदाता सम्झना चदाराले शान्ति पुर्नस्थापना गृह कोईलाबासको आर्थिक वर्ष २०८०/०८१को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। चदाराले मानव बेचबिखन तथा ओसारपसारको जोखिम पुर्ण यात्रामा रहेका २८ जना महिला, किशोरी तथा बालबालिकाहरुलाई उद्दार गरी परिवारको जिम्मा लगाएको बताइन्। त्यसैगरी ७ सय ३१ जना महिला, किशोरी तथा बालबालिकाहरुलाई मानव बेचबिखन तथा ओसारपसार विरुद्धको सूचना तथा परामर्श सेवा प्रदान गरेको प्रतिबेदनमा प्रस्तुत गरिन् । एक जनालाई भारतबाट उद्दार गरी स्वदेश फिर्ता गरेको र एक जना लाई पारिवारिक पुर्नमिलनका लागि अन्य निकायमा पठाएको प्रतिबेदनमा प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, शसस्त्र प्रहरी बल प्रस्तावित गुल्म कोइलाबासका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द केसी, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्की,इलाका प्रहरी कार्यालय कोइलाबासका प्रहरी नायव निरीक्षक हुमलाल बुढाथोकी, ८ नम्बर वडाध्यक्ष अब्दुल खालिक सिद्दिकी, कार्यापालिका सदस्य मिना पुन, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा,महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रेरणा चन्द, स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी, कोइलाबास भन्सार कार्यालयका प्रमुख डम्बर महतरा, गैर सरकारी संस्था महासंघका उमाकान्त पन्त, गढवा खानेपानीका लिलाधर आचार्य लगाएतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजिकरण शान्ति पुनर्स्थापना गृह कोईलाबासकी प्रमुख सिमा जिसीले गरेकी थिइन्

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे