दाङको राप्ती गाउँपालिकाको पहिलो त्रैमासिक सार्वजनिक सुनुवाई कार्यक्रम भालुवाङ सम्पन्न
भालुवाङ ३० कार्तिक । दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ काे पहिलो त्रैमासिक अवधिकाे सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। गाउँपालिकाकाे वडा नं.१ हनुमानगढी मन्दिर चाेक भालुबाङमा साे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हाे।
राप्ती गाउँपालिका र मातहतका कार्यालयहरूको काम कार्वाही, सेवा प्रवाह, योजना जस्ता सार्वजनिक विषयमा सम्बन्धीत सेवा प्रदायक र सेवाग्राहीहरु बीच अन्तरक्रिया गराउने तथा सेवाप्रति सेवा प्रदायकलाई जबाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रमकाे आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।
साे अवसरमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओलीले आर्थिक वर्ष २०८१/८२ काे पहिलो त्रैमासिक अवधिमा गाउँपालिकाले गरेका काम र प्रगतिकाे प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिँचाइ, विद्युत र सुशासन लगायत गाउँपालिका र मातहतका कार्यालय बाट प्रवाह गरिने सेवाका विषयमा जिज्ञासा तथा सुझाव राखेका थिए । सहभागीहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुकाे गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैैधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,वडा अध्यक्षहरु र विभिन्न शाखाका शाखा प्रमुखहरुले जवाफ दिएका थिए ।
कार्यक्रममा बाेल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाको समृद्धि, विकास र नागरिकहरुको सेवामा गाउँपालिका निरन्तर लागि रहेको बताए । ‘काम गर्दा ढिलो चाँडो हुन्छ नै तर राप्तीवासीको सेवामा हामी निरन्तर लागि रहेका छौं’– अध्यक्ष विष्टले भने– ‘राप्तीवासीको रचनात्मक सल्लाह, सुझाव र खबरदारी पनि निरन्तर भइरहोस् ।’ उक्त कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरी, १ का वडा अध्यक्ष गेम बहादुर खड्का,२ का अध्यक्ष उमेश अधिकारी,कार्यपालिका सदस्य,अन्य जनप्रतिनिधि, विभिन्न शाखाका शाखा प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख, टोल विकास संस्थाका पदाधिकारी र संचारकर्मी लगायत स्थानीयबासीहरूको सहभागिता रहेको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकार सन्ताेषकुमार गुप्ताले गरेका थिए। स्थानीय तहमा पारदर्शिता र जबाफदेहिताको औजारको रूपमा हेरिने सार्वजनिक सुनुवाइ कार्यक्रम पालिकाले प्रत्येक त्रैमासिक रूपमा गर्दै आइरहेको छ।